Logo
|
Thursday 28th March 2024
Logo

epaper

शिविरमा ४५३ जनाको उपचार 




जिल्लाका उच्च लेकाली भेगमा केही दिनअघि हिमपात भएसँगै चिसो बढेकाले बिरामीको सङ्ख्या बढ्न थालेपछि यहाँस्थित नेपाली सेनाको रुद्रध्वज गणले निःशुल्क स्वास्थ्य शिविर गर्न थालेको छ ।

उक्त गणद्वारा जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३३३ महिला र १२० पुरुषको स्वास्थ्य जाँच गरिएको थियो । गणपति रत्नकेशर खड्काले भन्नुभयो, “हामीले निःशुल्क शिविर सञ्चालन ग¥र्यौं, थुप्रै बिरामीले उपचार सेवा पाए, हामी यसैमा खुशी छौँ ।” दीपायलस्थित उक्त गणले सुदूरपश्चिम पृतनामा कार्यरत नं. ५ फिए जिओपिडी शाखाका चिकित्सक टोलीको सहयोगमा शिविर सञ्चालन गरिरहेको हो ।

यसैगरी सोही गाउँपालिका–४ सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा नेपाली सेनाको जिओपिडी शाखाका डा सुमन थापाले भन्नुभयो, “हामीले सञ्चालन गरेको शिविरमा थुप्रै बिरामी आएका थिए, जाँच गर्न हामीलाई भ्याई नभ्याई हुँदा पनि कसैलाई फिर्ता पठाउनु परेन ।”

नागरिकको स्वास्थ्य जाँच तथा स्वास्थ्य उपचारका लागि नेपाली सेनाको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयोे । शिविरमा नेपाली सेना तथा उक्त विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्