Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रीकी बुहारीको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार हुँदै



स्तन क्यान्सरबाट पीडित उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्रकुमार यादवकी बुहारी मनिषा यादवको भक्तपुर क्यान्सर हस्पिटलमा भेन्टिलेटरमा राखेर लाइफ सपोर्ट उपचार भइरहेको छ ।

उहाँको क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको र माघ २७ गते आइतबार राति मनिषालाई अचानक समस्या भएपछि भक्तपुर क्यान्सर हस्पिटल पुर्याइएको थियो ।

मनिषाको उपचारमा हस्पिटलका क्यान्सर विशेषज्ञ डा. प्रभू शाह र डा. अजय कुमार झा संलग्न हुनुहुन्छ ।

२७ वर्षकी मनिषा विगत ३ वर्षदेखि स्तन क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा २४ साइकल किमोथेरापी दिइएको थियो । एम्समा १६ महिना उपचार गरेर उहाँलाई राजधानी ल्याइएको थियो । स्तनबाट क्यान्सर अन्य भागमा पनि फैलिसकेकाले अवस्था क्रिटिकल भएको जनाइएको छ ।

मनिषाका श्रीमान् दिपेश यादव हस्पिटलमा बसेर आफ्नी श्रीमतीको केयरमा संलग्न हुनुहुन्छ । जनस्वास्थ्य सरोकारसँग कुरा गर्दै दिपेशले भन्नुभयो—‘मनिषालाई समस्या भएपछि गत आइतबार हस्पिटल ल्याएका छौं । भेन्टिलेटरमा राखेर उनको लाइफ सपोर्ट उपचार भइरहेको छ ।’ ३ वर्षअघि छोरी अमाइरा यादवको जन्म भएपछि मनिषालाई ब्रेष्ट क्यान्सर पत्ता लागेको थियो । अमाइरा अहिले ३ वर्षकी छन् ।

प्रतिक्रिया दिनुहोस्