Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपाल मेडिसिटी परिसरमा २ सय ५० वेडको सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै



ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले छुट्टै सुविधासम्पन्न २ सय ५० वेडको क्यान्सर उपचार केन्द्र शुरु गर्ने भएको छ । टर्कीको इस्तान्बुलमा रहित खयी मेडिकलको सहकार्यमा नेपाल मेडिसिटी हस्पिटलले सो केन्द्र शुरु गर्ने भएको हो ।
यसरी टर्कीको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा आज सम्झौता गरेको छ ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल टर्कि व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अब निकट भविष्यमानै टर्किको खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरणहरु भित्र्याउँदै क्यान्सरका सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ ।
अस्पतालका अध्यक्ष डा. महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर जस्तो रोगको उच्चस्तरीय उपचार पाउने र विदेशसम्म पुग्न नपर्ने बताउनुभएको छ । सबै वर्ग र समुदायसम्म उपचार पहँुचयोग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल टर्की व्यापार काउन्सीलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सर जस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागिपर्ने बताउनुभयो । केहि समयको अध्ययन र अनुसन्धान पश्चात्नै यस सम्झौता सम्भव भएको उहाँले प्रष्ट पार्नुभयो ।
सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र बनाउनेबारे दुइ पक्षबीचको सम्झौता अनुसार केहि समयमा नै काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्