Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने



को र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ । गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहकाबीच उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो शिविरको उद्घाटन गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको र मन्त्रिपरिषद्बाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीको चाप बढे समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो । शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन् । एक सय २६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्