Logo
|
Friday 19th April 2024
Logo

epaper

आगामी बैशाखबाट पूर्वमा अत्याधुनिक क्यान्सर हस्पिटल



डा. बीरेन्द्रकुमार यादवले रेडियोथेरापी एण्ड क्लिनिकल अंकोलोजीमा पिजिआई चण्डीगढबाट एमडी गर्नुभएको छ । उहाँले भारतको गुणगाउँस्थित मेदान्ता मेडिसिटी हस्पिटलको क्यान्सर इन्स्टिच्युटमा डेढ वर्ष काम गर्नुभएको थियो । अहिले उहाँ झापाको बिर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा क्लिनिकल अंकोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ—अहिले हाम्रो योजना बिएनसी मेडिकल कलेजको योजना अनुसार, हस्पिटलले छुट्टै क्यान्सर हस्पिटल सञ्चालन गर्दैछ । यसको नाम पूर्वाञ्चल क्यान्सर हस्पिटल राखिएको छ । यो हस्पिटल आगामी बैशाखदेखि सञ्चालनमा आउनेछ । पूर्वाञ्चल क्यान्सर हस्पिटलले ३ शैयाको अनुमति पाइसकेको छ । शुरुको अवस्थामा १ सय वेडबाट यो सेवा शुरु हुनेछ ।

पूर्वमा बिरामीको चाप कस्तो छ ?
अहिले बीएनसी शिक्षण अस्पतालमा केमोथेरापी, सर्जिकल र प्यालियटिभ सर्भिस दिँदै आएका छौं । पूर्वमा क्यान्सर बिरामीको चाप धेरै छ । झापा जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार, लगभग ४ सय जना क्यान्सर बिरामीले प्रतिवर्ष १ लाख सरकारी सहुलियत अनुदानका लागि सिफारिस लिने गरेका छन् । झापा जिल्लामा क्यान्सरका बिरामी निकै बढेका छन् । हाम्रो लक्ष्य झापा मोरङ, सुनसरी, सिराहा, इलाम, पाँचथर, थाप्लेजुङ सम्मका बिरामीलाई सेवा प्रदान गर्ने हो । अहिले हस्पिटलमा मासिक रुपमा २ सय ५० जना क्यान्सरका बिरामीले ओपिडी सेवा लिइरहेका छन् । त्यसमध्ये दैनिक ३—४ जना क्यान्सरका नयाँ बिरामी आउने गरेका छन् । पूर्वी क्षेत्रमा राम्रो क्यान्सर उपचार सेवा छैन । धरानको विपी केआईएचएसमा सर्जरी सेवा भएपनि अन्य सेवा छैनन् ।
हस्पिटलमा के के सुविधा प्राप्त हुन्छ ?
यो कम्प्रिहेन्सिभ क्यान्सर हस्पिटल हुनेछ । यसमा सिमेन्स कम्पनिको अत्याधुनिक लिनियाक एक्सिलेटर रेडियोथेरापी, ब्रेकी थेरापी मेसिन, म्यामोग्राम, फोर डी सिटी सिमुलेटर, पेट सिटी, गामा क्यामेराको समेत व्यवस्था हुनेछ । यसका साथै बोनम्यारो प्रत्यारोपणसम्म जाने हस्पिटलको योजना रहेको छ । यो नेपालको नम्बर वन इक्विप्ट हस्पिटल बन्ने छ । यसका लागि सबै तयारी पूरा भइसकेको छ । जेठ महिनाबाट सबै सेवा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्