Logo
|
Wednesday 24th April 2024
Logo

epaper

दृष्टिविहीन स्रोत कक्षालाई सामग्री



उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गर्नुभएको छ ।

अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्षका रुपमा प्राप्त हुने सेवासुविधाको रकमलाई अध्यक्ष भण्डारीले कोषका रुपमा जम्मा गरेर सामाजिक क्षेत्रमा खर्चिने गर्नुभएको छ । कोषबाट यसअघि अध्यक्ष भण्डारीले बेग, पाखापानी, झिँ र भगवतीका १५ घरपरिवारका ७५ जना असहाय, अपाङ्गता भएका र विपन्न परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिदिनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्