Logo
|
Friday 29th March 2024
Logo

epaper

किन गर्ने पेट सिटी ?




पेट सिटीले क्यान्सर कुन स्टेज (तह) मा छ भन्ने पहिचान गर्ने र शरीरको कुनै पनि भागमा लुकेर बसेका क्यान्सर कोषहरु पत्ता लगाउँछ र क्यान्सरमुक्त भएनभएको जानकारी प्रदान गर्छ । यसले क्यान्सर बिरामीले सेवन गरिरहेको औषधिले काम गरेनगरेको समेत पत्ता लगाउन मद्धत गर्छ ।
पेट सिटीमा विभिन्न रेडियोधर्मीहरु (कार्वन, अक्सिजन, नाइट्रोजन आदी प्रयोग गरिन्छ । तर क्यान्सर परीक्षणका लागी मुख्यत एफडिजी—एफ १८ (फ्लोडीअक्सी ग्लुकोज) को प्रयोग हुन्छ । यद्यपी पेट सिटीले रक्त प्रवाहको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोज खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशीलता जाँच गर्छ र त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ ।
पेट सिटीको प्रयोग
-क्यान्सर पत्ता लगाउन
-क्यान्सर शरीरको एक भागमा मात्र छ वा विभिन्न भागमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन
– उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
– उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
– कहिलेकाँही रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुँदा बायोप्सीका लागि सही ठाउँ पत्ता लगाउन
– रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा) उपचारको योजना बनाउन
– मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
– मुटुको विभिन्न रोगको अध्ययन गर्न
-मस्तिष्कको विभिन्न अवस्था अध्ययन गर्न गरिन्छ ।
सावधानी
केही घण्टाअघिदेखि खाली पेट बस्नुपर्छ । गुलियो मिसिएको पेय पदार्थ खान हँुदैन । यसले जाँचमा असर पार्छ । मधुमेह नभएकाहरुले पेट स्क्यान गर्न आउँदा ६ घण्टा अघिदेखि खाली पेट बस्नुपर्छ । मधुमेह भएकालाई धेरे समय खाली पेट बस्न नहुने भएकाले उनीहरुलाई भने ४ घण्टा अघि खाली पेटमा पेट स्क्यान गर्नुपर्छ । यसपछि सुईको माध्यमबाट एफडिजी शरीरमा दिइन्छ र पेट स्क्यान मेशिनमा जाँच गरिन्छ । एफडिजी सूई लगाएपछि आरामसँग बस्नुपर्छ । हिँडडूल गर्दा पनि ग्लुकोज खपत हुने भएकाले रिपोर्टमा परिवर्तन आउनसक्छ र जाँच दोहो¥याउनुपर्ने पनि हुनसक्छ । यसरी सूई दिइसकेपछि सिटी स्क्यानमा राखिन्छ र विभिन्न अवस्थाको फोटो खिचिन्छ ।पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताका बारे अध्ययन हुन्छ र पेटमा सिटी स्क्यानर हुने भएकाले अंगहरुको इमेज पनि देखिन्छ । यसले अध्ययनलाई सहज बनाइदिएको छ । जाँचपछि जहाँ कोषिकाहरु धेरै क्रियाशील हुन्छन त्यो भागमा ग्लुकोजको क्रियाशीलता पनि बढी देखिन्छ जसलाई ‘हट स्पट’ भनिन्छ यो पूरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्नसक्छ । विशेष अवस्थामा कहिलेकाँही समय लम्बिन पनि सक्छ ।
ध्यान दिनुपर्ने
यसमा प्रयोग हुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेट) हुन्छ र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाँडो प्रयोग गर्नुपर्दछ । हाम्रो देशमा विभिन्न संक्रामक रोगहरु जस्तैः क्षयरोग, सार्कोइडोसिस धेरै मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुन्निने हुन्छ । यस्तो अवस्थामा पेट स्क्यान गर्दा क्यान्सर नभए पनि पोजेटिभ रिजल्ट आउन सक्छ । त्यसैले रिपोर्ट गर्ने चिकित्सकले यस्ता कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह्रो हुनसक्छ ।
(डा. कोइरालासुरिया डायग्नोष्टिक प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्