Logo
|
Friday 29th March 2024
Logo

epaper

कुष्ठरोगीको सङ्ख्यामा वृद्धि



जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए ।

कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशी बताउनुहुन्छ । “कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कुष्ठरोगको बारेमा चेतना फैलाएर यो रोगका बारेमा रहेका भ्रम हटाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । बैतडीमा कुष्ठरोगको पहिचानका लागि विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको छ । कुष्ठरोगीलाई समाजमा गरिँदै आएको हेलालाई न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । कुष्ठरोगको निदान र उपचार नेपाल सरकारले निःशुल्क रुपमा गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्