Logo
|
Friday 29th March 2024
Logo

epaper

गुणस्तरमा सम्झौता गर्दैनौं



 


नेपालमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र अत्याधुनिक प्रविधि भित्र्याउने इष्ट वेष्ट कन्सर्न ३८ वर्ष पुरानो कम्पनि हो । शुरुका दिन देखि नै रेडियोलोजी सम्बन्धि उपरकणहरुको आपूर्तिमा काम गर्दै आएको यस कम्पनिले सन् १९८६ मा नेपालमै पहिलोपटक बीर अस्पतालमा अत्याधुनिक CT-scan  मेसिन तथा Gamma Camera  आपूर्ति गरेको थियो । कम्पनिले आम सर्वसाधारण नागरिकको रोग पहिचान र उपचारका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनिका गुणस्तरीय तथा Advance Technology   मुलुकमा भित्र्याउन सफल भएको छ ।
इष्टवेष्टले ल्याब डायग्नोस्टिक, सर्जरी र रेडिएसन सम्बन्धि अत्याधुनिक प्रविधि आपूर्ति गर्दै आएको छ । न्युरो, युरो, क्यान्सर, मुटु, इमर्जेन्सी मेडिसिन लगायत विभिन्न विधाका विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्र्याएर आम नेपाली जनताको रोग पहिचान र उपचारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
भुषण श्रेष्ठ इष्ट वेष्ट कम्पनिको क्रिटिकल केयर डिभिजनको डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । पेशाले उहाँ इलेक्ट्रोनिक इन्जिनियर हुनुहुन्छ । क्रिटिकल केयरसम्बन्धि उपकरणको आपूर्ति र सेवासम्बन्धमा केन्द्रित रहेर यसपटक हामीले । श्रेष्ठसँग कुराकानी गरेका छौं ।

क्रिटिकल केयरसम्बन्धि कुन कुन कम्पनिका उपकरण आपूर्ति गर्दै आउनुभएको छ ?
अहिले हामीले Draeger, Radiometer, Hillrom  कम्पनिका उपकरण आपूर्ति गर्दै आएका छौं ।  Draeger कम्पनिको आई.सी.यू.अन्तर्गत Ventilator machine, Patient monitor, ICU pendants, Bed head panel आपूर्ति गर्दछौं । OT मा एनेस्थेसिया मेसिन, OT light pendants आदि रहेका छन् । यसका साथै बच्चाहरुको एन.आई.सी.यू.मा ventilator warmer, Photography,Incubator आदि मेसिन आपूर्ति गर्छौं । Hillrom अन्तर्गतICU bed, OT tablet, Other Hospital furniture रहेका छन् । यसैगरी Radiometer अन्तर्गत Blood gas analyser (ABG machine) बजारीकरण गरिरहेका छौं ।

क्रिटिकल केयरमा रहेका बिरामीको ज्यान बचाउन उपकरणको भूमिका कस्तो हुन्छ ?
क्रिटिकल केयरमा रहेका बिरामीको ज्यान बचाउन दक्ष जनशक्ति र उपकरणको महत्वपूर्ण भूमिका हुन्छ । भेन्टिलेटरले सास फेर्न गारो भएकाहरुलाई फोक्सोको अवस्था अनुसार क्रित्रिम सास फेराउने, कुन लेबल र कति प्रतिशतमा अक्सिजन दिने भन्ने जस्ता कुरा महत्वपूर्ण हुन्छ । भेन्टिलेटरमा सेट गरेका कुरा तलमाथि हुन हुँदैन । त्यसैले त भरपर्दो गुणस्तरीय भेन्टिलेटर र ब्रान्डेड उपकरणको जरुरत पर्छ भनिएको हो । Draeger कम्पनिका हरेक भेन्टिलेटर विश्वसनीय छन् ।

Draeger  कम्पनिको बारे केही बताइदिनुस् न ?
विश्वमा पहिलोपटक एनेस्थेसिया मेसिनको आविश्कार गर्ने Draeger कम्पनि हो यो कम्पनिको १८ शताव्दीदेखिको यात्रा हो । यसले निरन्तर रिसर्च र डेभलप्मेन्टका काम गरिरहेको छ । म्चभबनभच का उत्पादनले संसारका धेरै हस्पिटल र स्वास्थ्य संस्थामा चिकित्सक र बिरामीको मन जित्न सफल भएको छ ।

Draeger कम्पनिको बिशेषता के हो ?
जर्मनी कम्पनि म्चबभनभच ले रिसर्च एण्ड डेभलप्मेन्टमा ठूलो लगानी गरेको छ र आफ्नै नयाँ प्रविधि विकास गरिरहेको छ । यसको विश्वसनीयता छ । अहिले इस्टवेस्ट कन्र्सनमा १ सय १५ जना स्टाफमध्ये ४२ जना इन्जिनियरको टिम छ । Draeger कम्पनिका मेसिन जडान र मर्मतका लागि मात्र देशरभर १० जना भन्दा धेरै इन्जिनियर तैनाथ छन् । उनीहरु सबै सम्बन्धित विधामा राम्रो अनुभव प्राप्त इन्जिनियरहरु हुन् । मूल्यको दृष्टिले अलि महँगो देखिएपनि क्वालिटीको दृष्टिले निकै राम्रो निकै राम्रो छ ।

मेसिन जडान गरिसकेपछि दिने सेवाको स्तर कस्तो छ ?
काठमाडौँमा मात्र Draeger का लागि ४ जना पूर्णकालीन र १ जना अल्पकालीन इन्जिनियर रहेका छन् । उपत्यका बाहिर भरतपुरमा आफ्नै अफिस रहेको Draeger को ५ जना स्टाफमध्ये ३ जना इन्जिनियर छन् । बिराटनगरमा ३ जना, पोखरामा २ जना, बुटवल र नेपालगञ्जमा एक एक जना इन्जिनियर रहेका छन् ।Draeger मेसिनमा कुनै समस्या आएमा काठमाडौंबाट जानुपर्ने अवस्था छैन ।
जडान गरेका हरेक Draeger का भेन्टिलेटर, मोनिटरलगायतका मेसिनमा सम्पर्क नम्बर लेखेर छाडिएको हुन्छ । मेसिनमा समस्या आएमा सम्बन्धित इन्जिनियरलाई फोन गर्न सकिन्छ र तत्काल इन्जिनियर उपलब्ध गराएर समस्या समाधान गराइन्छ ।

मेसिन प्रयोग गर्ने डाक्टर र उपभोक्तालाई के विश्वस्थ दिलाउन चाहनुहुन्छ ?
अस्पतालले लगानी गरेर मेसिन खरीद गरिसकेपछि समयमा मर्मत सम्भारको सेवा प्रदान गरिन्छ । मेसिन बिग्रेर थन्किनुपर्ने स्थिति आउँदैन । म्चबभनभच कम्पनिका हरेक उपकरणको परिणाम राम्रो छ । सेवा प्रदान गर्ने सिलसिलामा कुनै समस्या आएमा तत्काल मर्मत सम्भारका लागि इन्जियनियरहरुको भरपर्दो सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्