Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पाँच अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’मा स्तरोन्नति गर्ने



सरकारले देशभरका पाँच वटा प्रमुख अस्पताललाई केन्द्र सरकार मातहतमा राखेर विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गरेको छ । स्वस्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को फागुन ३ को मन्त्रीपरिषद्ले कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

स्तरोन्नती हुनुपूर्व कोसी र भेरी अञ्चलको रुपमा र नारायणी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालको रुपमा सञ्चालनमा थिए ।

यसअघि मन्त्रीपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले गरेको विस्तृत प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो । भरतपुर अस्पतालबाहेकका चार अस्पताललको नाम समेत परिवर्तन भएको थियो । स्तरोन्नती हुनुपूर्व कोसी र भेरी अञ्चलको रुपमा र नारायणी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालको रुपमा सञ्चालनमा थिए ।

मन्त्रीपरिषद्को निर्णयसँगै स्वास्थ्यमन्त्रालयले केन्द्र सरकार मातहतमै रहनेगरी परिवर्तिन नामबाटै अस्पताल सञ्चालन तथा पत्राचार गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सबै विशिष्ठ विशेष अस्पताल अब ५०० शैयाका हुनेछन् । सरकारको यो निर्णयसँग प्रदेश तहबाट बनेका विकास समितिहरु खारेज भएर केन्द्र सरकारबाटै नयाँ विकास समिति बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्