खेलकुदमा लाग्ने चोटपटक, रोकथाम र पुर्नस्थापना

डा. पदम बहादुर खड्का, अर्थोपेडिक सर्जन || प्रकाशित मिति :2019-02-25 08:34:37

खेल खेल्दा लाग्ने चोटपटकहरु भनेका सामान्यतया खेलपुर्व वार्म अप (शरीर तताउने कृया) नगदा, खेल सामाग्रीहरुको जथाभावी प्रयोग गर्दा तथा पुर्ण साबधानी नअपनाउदा हुने गर्छ । चाहिनेन्दा बढि ट्रेनिङ गर्दा पनि नयाँ तथा प्रोफेसनल खेलाडिलाई चोट लाग्न सक्छ । केहि साझा चोटपटक भनेका मर्किनु, सुन्निनु, काटिन, एलर्जी, पिल्सिनु, रातो हुनु, भाचिनु, रगतको नसा फुट्नु आदि हो ।
चोटपटकहरु सामान्य र जटिल दुबैथरी हुन सक्छन । सामान्य चोटहरु भनेको मर्किनु, काटिनु, सुनिनु आदिहरु जटिल चोटल चोटहरु लामो समयसम्म खेल तथा ट्रेनिङ गर्नाले हुन सक्छन । जस्तै सुन्निनु, खेल खेल्दा तथा ट्रेनिङको बेलामा दुख्नु, आराम गरेको बेलामा दुखिरहनु आदि ।
स्प्रेन मा लिगामेन्ट च्यातिन्छ भने स्टे«समा नरम मांसपेसी च्यातिन्छ । शरीरभित्र लाग्ने चोटहरु भनेका हाड भाँचिनु, भित्र रगत बग्नु, दिमागमा रगत जम्नु, कलेजो लछारिनु आदि हुन । टाउको तथा ढाडमा लाग्ने चोटहरु हाड भाँचिनु, करङ भाचिनु आदि जटिल समस्याहरु हुन । यस्तो अवस्थामा तुरुन्त अस्पताल लैजानुपर्छ ।
ठोकिएको ठाउमा चोट लागेमा प्रत्यक्ष चोट (डाइरेक्ट इन्जुरी) भनिन्छ । जस्तै हाड भाँचिनु, सुन्निनुु , काटिनु आदि भने ठोकिएको ठाउँबाट टाढा चोट लागेमा अप्रत्यक्ष चोट (इन्डाइरेक्ट इन्जरी) भनिन्छ । जस्तै पञ्जाको भरमा लड्दा कुइनाको हड्डि फुस्किनु । त्यस्तै धेरै लामो समय ट्रेनिङ तथा खेल खेल्नाले हुने चोटपटकलाई ओभरयुज इन्जुरी भनिन्छ ।
नरम तन्तु (सफ्ट टिस्यु) इन्जुरी भनेको छाला, मांशपेशी, नशा, लिगामेन्ट आदिमा हुने चोटपटक हुन भने कडा तन्तु (हार्ड टिस्यु) इन्जुरी भनेको हाडजोर्नीमा हुने चोटपटक हुन ।
पुरानो चोटपटकको राम्रो उपचार नहुँदा खेलमा फर्किसकेपछि पुनः चोट लाग्नुलाई सेकेन्डरी चोटपटक भनिन्छ ।
चोटपटक लागिसकेपछि त्यसको २४ देखि ७२ घण्टा सम्म सुन्निन सक्छ । उक्त ठाउँमा रक्त प्रवाह बढ्नु, पानी जस्तै तरलपदार्थ जम्नु, तातो हुनु, दुख्नु आदि सामान्य लक्षणहरु हुन ।

चोटपटक रोकथाम

खेल खेल्दा वा ट्रेनिङको क्रममा लडेर अथवा ठोक्किएर हुन सक्ने चोटपटक बाहेक अन्य सम्भावित चोटहरु लाग्नबाट रोक्न सकिन्छ । जसमा शरीर तन्काउने (वार्मअप र स्ट्रेचिंग), आवश्यकता अनुसार कसरत भार, लचकता र क्षमताको साथै समाथ्र्य (पावर) पनि चेक गर्नु, खेलपुर्व गरिने स्वास्थ्य चेकजाँच गर्नु, मुटु, नसा र श्वासवप्रश्वासको तन्दुरुस्तिपन( कार्डियोभास्कुलर र रेस्पिरेटोरी फिटनेस चेक) जाँच गर्नुपर्छ । स्वास्थ्य परिक्षण गर्दा आफ्नो खानपिनको बारेमा, कुनै समस्या भए त्यसको बारेमा, पुरानो चोटपटक, सेवन गरेको औषधी र आफ्नो ब्यक्तित्वको बारेमा प्रष्ट सँग छलफल गर्दा राम्रो हुन्छ ।

१. सुधार गर्न सकिने चोटपटक जोखिमलाई समयमै सुधार्ने
२. शरीर र खेल विषेश खानपानको ब्यवस्थापन गर्ने
३. वातावरण अनसार शरीरमा तरलपदार्थ र इलेक्ट्रोलाइट (मिनिरल्स) को प्रयोग गर्ने ।
४. खेलकुदको वैज्ञानिक ढंगले तालिम गर्ने
५. उच्च मनोबल र सकारात्मक सोच
६. खेल अनुसारको शारीरिक वनावट र तालिम, कोर ट्रेनिंग

चोटपटक लाग्ने बित्तिकै :
चोट लागेको अंगलाई नचलाइ आराम गराउनु पर्दछ । सुन्निएको वा दुखेको खण्डमा बरफले कम्तिमा ५ मिनेट दिनमा ३ देखि ४ पटक सम्म सेक्नुपर्छ । यसरी सेक्दा सिधै नसेकी कपडामा बरेर वा आइसप्याकले सेक्नुपर्छ । त्यस्तै सुन्निएको ठाउँमा हातले दबाउदाँ वा ब्याँन्डेजले बेर्दा सुन्निन कम हुन्छ । चोटपटक लागेको ठाउलाई मुटुको लेवल भन्दा माथि उठाउनुपर्छ । नमिलेमा बराबर लेबलमा राख्न सकिन्छ । तल्लो भागमा चोट लागेमा सिरानीमुनि राखेर पनि माथि उठाउन सकिन्छ ।

१ दिन पछाडि :
माथिकै तरिका दोहो¥याउने र बढि दुखेमा दुखाइ कम गर्ने औषधीको प्रयोग गर्न सकिन्छ । पहिलो तिन दिन सम्म तातोले नसेक्नुहोला ।
३ दिन पछाडिः
७२ घण्टा भित्र चोटपटकहरु निको हुन लाग्छन । सुन्निन कम भयो भने एक पछि अर्को गर्दै तातो र चिसो पदार्थ दुबैले सेक्न सकिन्छ जसले गर्दा अक्सिजन र पौष्टिक तत्वहरु आवश्यक मात्रामा पाइनुको साथै दुखाइपनि कम हुन्छ । सुन्निन र दुख्न कम भएपछि चोट लागेको ठाउलाई नरम तरिकाले स्ट्रेचिंग र एक्सरसाइज गर्दै पुरानो अवस्थामा ल्याउनुपर्छ ।

पुर्नस्थापना
रिह्याबिलिटेसन कसरतहरु चोट लागेको कमसेकम ७२ घण्टा पछि सकेसम्म छिटो सुरु गरिसक्नुपर्छ । तर यस्ता कसरतहरु गर्दा कुनै दुखाइको महसुस भएको हुनुहुदैन । यदि दुखेमा कसरत गर्न रोक्नु वा ढिला गर्नुपर्दछ ।

मांसपेसीको क्षमता बढाउनका लागि चोट लागेको मांसपेसी, लिगामेन्ट वा टेन्डनमा क्रमिक एक्सरसाइज लोड दिनुपर्छ । कसरत गर्दा दुखेमा लोड बढि भयो भन्ने बुझ्नपर्छ र लोडलाई घटाउनुपर्छ ।

मांसपेसिको सहन क्षमता र सामथ्र्य बढाउनको लागि ट्रेनिङ लोडलाई अलि बढाउदै लैजानुपर्छ । इन्डुरेन्स भनेको नथाकिकन लामो समयसम्म कसरत गर्न सक्ने या खेल्न सक्ने क्षमता हो ।

पुन खेलमा फर्किनुअगाडि राम्रो तयारी गर्नु पर्दछ । जसको लागि प्रारम्भिक ब्यायामहरु गर्नुपर्दछ । जुन कमन र खेल अनुसार पनि हुन्छन ।

सामान्य चोटपटक लागेको तथा जटिल चोटपटकहरुमा छुट्टाछुट्टै रिह्याबिलिटेसन टेक्निक अपनाउन सकिन्छ । जसको लागि रिह्याबिलिटेसन तथा फिजियोथेरापि विज्ञसँग सम्पर्क जारी गरि जानकारी लिन सकिन्छ ।

    Comment Here!