Logo
|
Thursday 28th March 2024
Logo

epaper

शल्यक्रिया गरेको बिरामीले आफ्नै रगत प्रयोग गर्न सक्ने प्रविधि



Continues  Auto-Transfusion System  (CATS) जर्मनी Fresenoius Kabi  को उत्पादन हो । नेपालमा यसको Exclusive Distributor  हिमालय मेडिटेक हो ।
शल्यक्रिया गर्दा खेर जाने रगत संकलन गरेर पुःन बिरामीलाई दिने सिस्टम  Continues  Auto-Transfusion System  (CATS)हो । यसलाई Autologus  Blood Recovery  System पनि भनिन्छ ।
विशेषगरी यो  System मिर्गौला प्रत्यारोपण र कार्डियाक सर्जरीका बिरामीहरुमा धेरै उपयोगी हुने गरेको छ ।
विगतका दिनहरुमा शल्यक्रिया गर्दा निस्कने रगत त्यत्तिकै फालिन्थ्यो र अरुको रगत लिनुपर्ने बाद्यता हुन्थ्यो । तर यस सिस्टममा शल्यक्रिया गर्दा निस्कने रगत सक्सनको माध्यमबाट तानेर रिजर्भ वेर मा राखिन्छ । त्यसलाई अत्याधुनिक प्रविधिबाट फिल्टर गरेर पुनः बिरामीको शरीरमा पठाइन्छ । यसबाट शल्यक्रिया गरेको बिरामीले आफ्नै रगत प्रयोग गर्न सक्ने भएकाले संक्रमण हुन पाउँदैन । यसले घाउ चाँडो निको हुने र धेरै समय अस्पताल बस्नुपर्ने जरुरत पर्दैन ।
यसको सबैभन्दा राम्रो पक्ष के हो भने ट्रान्स्फ्युजन सम्बन्धि इफेक्टहरु आउनसक्ने सम्भावना रहँदैन ।
अरु व्यक्तिको रगत लिँदा हाइपर क्यालेमिया इफेक्ट आउनसक्ने, व्लड बैंकमा लामो समय राखेको रगतमा धेरै पोटासियमको मात्रा हुने भएकाले पोटोसियम सम्बन्धि हाइपर क्यालेमियाको समस्या भई कार्डियाक एरेष्ट हुनसक्ने सम्भावना रहन्छ ।
तर यो नयाँ टेक्नोलोजीको प्रयोगले बिरामीले अनावश्यक समस्या भोग्नुपर्दैन । बिरामीको रगत सफा गरेर स्वयं बिरामीलाई नै दिनसक्ने भएकाले उल्लेखित समस्या आउनसक्ने सम्भावना रहँदैन । पछिल्लो समय नेपाल मेडिसिटी र त्रि.बि.शिक्षण अस्पताललगायतका धेरै हस्पिटलहरुले Continues  Auto-Transfusion System  (CATS) सिस्टमको अपग्रेटेड नयाँ भर्सन अपनाउन थालेका छन् ।
हाइपर क्यालेमियाको सम्भावना शुन्य पारेर कार्डियाक एरेष्ट हुनसक्ने जोखिम कम गरिदिन्छ । रगतमा रक्तकोषको लेवल ६० भन्दा बढि रहन्छ । रगतमा नन इन्भेसिभ फ्याटलाई ९९ प्रतिशत कम गराउँछ । रगतमा हेपारिन (रगत पातलो बनाउने तत्व) १०० प्रतिशत नै कम गराउँछ । रगतको प्रोटिन र पोटासियमलाई निराकरण गरिदन्छ र शरीरमा आफ्नै शरीरको सफा रगत उपलब्ध हुन्छ । यो सिस्टमले अनावश्यक तत्वलाई हटाएर पिआरसी (प्याकुरेट सेल) मात्र दिन्छ ।
यो सिस्टम प्रयोग गर्न सजिलो छ । अस्पतालहरुमा यो सिस्टम जडान गरिसकेपछि स्टाफहरुलाई ट्रेन गराउँछौं । स्टाफहरु पूर्ण नभएसम्म नियमित सेवा प्रदान गरिरहन्छौं ।

प्रतिक्रिया दिनुहोस्