Logo
|
Friday 29th March 2024
Logo

epaper

नर्सका चारवटा आँखा हुनुपर्छ 




क्रिटिकल केयरका नर्सले बिरामीलाई बाबु, आमा, दिदिबहिनी, दाजुभाइ सम्झेर हेरचाह गर्नुपर्छ । उनीहरुको भित्री मनदेखि नै सेवा गर्ने भावना आउनुपर्छ बिरामीलाई आई.सी.यू.मा ल्याइसकेपछि सम्पूर्ण रेखदेखको जिम्मा नर्सको हातमा हुन्छ ।
क्रिटिकल केयरमा काम गर्ने नर्स शान्त स्वाभावको हुनुपर्छ । बोलिवचन राम्रो हुनुपर्छ । नर्सले चारओटा आँखा बनाएर बिरामीलाई हेरचाहको सेवा प्रदान गर्नुपर्छ । नर्ससँग सुन्न सक्ने क्षमता हुनुपर्छ । ‘भेन्टिलेटरले कस्तो आवाज दिएको छ’ भनेर थाहा पाउनुपर्छ । बिरामीलाई समस्या भएको शंका लागेमा तत्काल उपस्थित हुनुपर्छ । चिकित्सकहरुसँग राम्रो को—अर्डिसेन गर्नुपर्छ । ड्युटी समयमा मोवाइल चलाउन पाइँदैन । क्रिटिकल केयरमा हरेक नर्सहरु अनुशासनमा बस्नुपर्छ ।

क्रिटिकल केयरमा टीमवर्कको ठूलो भूमिका हुन्छ । बिरामी हेरचाहमा नर्सिङ टिमको जति महत्वपूर्ण भूमिका हुन्छ त्यति नै उपचारमा चिकित्सक टिमको ठूलो भूमिका रहन्छ । बिहान, दिउँसो र बेलुका तालिका बनाएर बिरामीको सेवामा नर्सहरु खटेका हुन्छन् । रातको समयमा ड्यूटी गर्ने नर्सले रातभर बिरामीको स्वास्थ्य गतिबिधि बिहानको समयमा काम गर्ने नर्सलाई अवगत गराउनुपर्छ । यसैगरी बिहानकोले दिउँसो र दिउँसोकोले बेलुकाको नर्सलाई बिरामीको स्वास्थ्य अवस्था बताउनुपर्छ ।

आई.सि.यू.मा काम गर्ने नर्सले धेरै मिहिनेत गर्नुपर्छ । बिरामीको रेकर्ड राख्नेदेखि बिरामीको सम्पूर्ण स्याहार गर्नुपर्छ । जस्तोः बिरामीलाई नुहाइदिने, दाह«ी काटिदिने, नङ काटिदिने, खाना खुवाउने, बिरामीको स्थिति परिवर्तन गर्ने, तेल लगाइदिने आदि । क्रिटिकल केयर विशेष प्रकारको केयर भएकाले तालिम प्राप्त नर्सको जरुरत पर्छ । क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपालले हालसम्म देशभरका करिब ३ हजारभन्दा बढी नर्सलाई क्रिटिकल केयर मेडिसिनको तालिम प्रदान गरिसकेको छ ।

( त्रि.बि. शिक्षण अस्पताल क्रिटिकल केयर युनिटकी सुपरभाइजर मिरा पुनको नर्सिङ सेवामा ३७ वर्षको अनुभव छ ।)

प्रतिक्रिया दिनुहोस्