Logo
|
Thursday 25th April 2024
Logo

epaper

ह्वील चेयर प्रयोगकर्ताहरु भन्छन्—पहुँच, पूर्वाधार र रोजगारबाट बञ्चित नगर



‘चाँहदैनौं हामी सहानुभूति, पहुँच पूर्वाधार र रोजगारबाट हाम्रो समुन्नति’ भन्ने आवाजका साथ २ सय ५० भन्दा धेरै ह्वी चेयर प्रयोगकर्ताहरुले आज काठमाडौंको भृकुटी मण्डपमा एक कार्यक्रमबीच आफ्नो दुखेसो पोखेका छन् । उनीहरुले प्रभातफेरिसमेत निकाले । ११ औं अन्तर्राष्ट्रिय ह्वी चेयर दिवस १ मार्चका दिनका अवसरमा उनीहरु एकै ठाउँमा भेला भएर आफ्नो समस्या सुनाउन बाद्य भएका हुन् ।
स्पाइनल इन्जुरी संघ नेपाल र स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको आयोजनामा सो कार्यक्रम भएको हो । सो अवसरमा स्पाइनल इन्जुरी संघ नेपालकी कार्यकारी निर्देशक इशा थापाले भन्नुभयो—‘अपाङ्गता भएका ५ प्रतिशतलाई राज्यस्तरबाट रोजगार गर्ने नियमन बनेको भनिएपनि कार्यान्वय भएको छैन । यस्ता नियमहरु कार्यान्वयन भन्दा पनि उलंघन बढी भइरहेका छन् । अपाङ्ता भएका व्यक्तिहरु अन्यौलमा रहेका छन् । गाउँ गाउँमा रहेका अपाङ्गहरुको हालत दयनीय छ । उनीहरु धेरै कुराबाट बञ्चित छन् । सचेतना र जनचेतनाको अभावमा उनीहरु पिल्सिएका छन् । यद्यपी हाम्रो सोच ठूलो हुनुपर्छ ।’
संघले स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमार्फत विगत १७ वर्षदेखि मेरुदण्डमा चोट लागेर पक्षघात भएका व्यक्तिहरुलाई पुनस्र्थापना सेवा उपलब्ध गराउँदै आएको छ । यसका साथै भोकेस्नल अपरच्युनिटी फर इन्क्लुजन इन द कम्युनिटी एण्ड इम्प्ल्वाइमेन्टमार्फत रोजगारका लागि अपाङ्गहरुलाई तालिम दिने र रोजगार पनि खोजिदिनेसमेत गर्दै आएको छ ।
उहाँहका अनुसार, हाम्रो मुख्य पूर्वाधारहरु पहुँचयोग्य नभएकाले हरेक पलमा उनीहरुको दैनिक जीवनयापन गर्न गारो भइरहेको छ ।
देशभर करिब ६ हजार भन्दा बढी ह्वीचेयर प्रयोकर्ताहरु रहेको अनुमान गरिएपनि हालसम्म केन्द्रबाट २४ सय जनाले पुनस्र्थापना पाएका छन् । जोरपाटीमा ५ सय जना जति बस्छन् । विश्वमा १५ प्रतिशत अपाङ्ता रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्