Logo
|
Tuesday 16th April 2024
Logo

epaper

केमसानमा नयाँ पदाधिकारी, स्वास्थ्य मन्त्री भन्छन्—आयातित स्वास्थ्य सामाग्रीको गुणस्तरमा सम्झौता नगर



नेपालमा बर्षेनी करिब १५ अर्ब रुपियाँ भन्दा बढीको मेडिकल र सर्जिकल सामग्रीको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन (केमसान) नेपालमा सुरेश घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । केमसानको १३ औं बार्षिक साधारण सभाको अवसरमा घिमिरेलगायतका पदाधिकारीहरु पुनः एकपटक दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो । नवनिर्वाचित १३ मध्ये ९ कार्यसमितिमा निवर्तमान अध्यक्षमा भक्त हमालसहित प्रथम उपाध्यक्ष कविराज पोखरेल हुनुहुन्छ । कार्यसमितिको महासचिवमा विनोदकुमार मानन्धर, सचिव अर्जुन कुमार रायमाझी र कोषाध्यक्षमा दिपक शर्मा हुनुहुन्छ । यसैगरी सदस्यहरुमा पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी, समिर मरहठ्ठा हुनुहुन्छ । अध्यक्षको कार्यकाल २ वर्षको रहनेछ । द्धितिय उपाध्यक्ष तथा ३ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमतिले गर्ने व्यवस्था संघको विधानले गरेको छ । गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्यले २०६१ सालमा स्थापना भई सातै प्रदेशमा आफ्नो कार्यालय विस्तार गर्न सफल केमसानमा आवद्ध सदस्यहरुको संख्या ३ सय पुगिसकेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई वधाइ तथा शुभकामना दिँदै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आयातित केमिल तथा मेडिकल उपकरणको गुणस्तरीयतामा सम्झौता नगर्न व्यवासायीहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा केमसानका नवनिर्वाचित अध्यक्ष सुरेश घिमिरेले व्यवसायीहरुलाई नयाँ प्रविधिमा आधारित गुणस्तरीय मेडिकल सामान आयात तथा प्रयोगमा प्रोत्साहन गर्दै आम नागरिकको विश्वस्तरीय र गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको हकमा पहुँच बढ्ने विश्वास लिएको बताउनुभयो । नेपाल भित्रिने रसायन तथा उपकरणका सुचि तथा कम्पनि दर्ताका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य शुरु भएको केमसानले जनाएको छ । यसबाट खुला सिमानामा हुने अनाधिकृत आयात नियन्त्रण भई गुणस्तरीय सामान मात्र आयात भई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्धताले स्थान पाउने केमसानको विश्वास रहेको छ ।
सो अवसरमा विगत १८ वर्षदेखि गुणस्तरीय मेडिकल एवं सर्जिकल सामान आपूर्ति गर्दै आएका वेभ ट्रेडिङका प्रवन्ध निर्देशक रामिन्द्र न्यौपानेलगायतका केही मेडिकल तथा सर्जिकल व्यवासायीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

????????????????????????????????????

प्रतिक्रिया दिनुहोस्