Logo
|
Friday 29th March 2024
Logo

epaper

ॐ अस्पतालमा नारी दिवस, अस्पतालमा ७५ प्रतिशत नारीको बाहुल्यता (फोटोफिचरसहित)



महिला जागरूकताका लागि महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय नारी दिवस काठमाडौंको चावहीलस्थित ओम अस्पतालले एक भव्य शुभकामना कार्यक्रमको आयोजना गरी नारीहरुलाई सम्मान दिएको छ ।
हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ । यो १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस हो ।
अस्पतालको सभाकक्षमा आयोजित एक औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ पेडियाट्रिक सर्जन डा. के.पि. देवकोटाले महिला चिकित्सक,नर्सिङ स्टाफ एवं कर्मचारीहरुलाई शुभकामना दिनुभयो । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै डा. देवकोटाले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तीले नारीको विशेषतालाई दर्शाएको स्पष्ट पार्नुभयो । उहाँको भनाई थियो—‘नारीलाई सम्मान गर्दा ईश्वर पनि खुशी हुने विश्वास आजपनि छ ।’

अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्कीले मुलुकमा आधाभन्दा बढी भाग ओगटेका महिलाले पुरुष सो—सरह समान अवसर पाउनुपर्ने बताउनुभयो । ओम अस्पतालमा ७५ प्रतिशत भन्दा बढी महिला कार्यरत रहेको जानकारी गराउँदै प्रवन्ध सञ्चालक कार्कीले महिलाहरु तुलनात्मक रुपमा बढी जिम्मेवार रहने गरेको अनुभव समेत सुनाउनुभयो ।

अस्पतालकी नर्सिङ इन्चार्ज एवं इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला सुवेदीले नर्सिङ पेशामा नारीको महत्व खुलेको बताउँदै पछिल्लो समयमा नारी सहभागितामा जोड दिइएको भएपनि सह अस्तित्व र समानताका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्