Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ॐ अस्पतालमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरु



काठमाडौंको चावहीलस्थित ॐ अस्पतालले हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरु गरेको छ । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचइएमएस) टिमले शनिबार बुटबलबाट गम्भीर अवस्थाको बिरामीलाई सुरक्षित रुपमा ओम अस्पताल ल्याएको छ ।

सडक दुर्घटनापछि स्थानीय एक अस्पतालमा उपचार गराइरहेका उनलाई चिकित्सकहरुले सघन उपचार विशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठसँग बिरामीको अवस्था तथा थप उपचारबारे परामर्शका लागि ओम अस्पतालमा रेफर गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनुभयो ।
फिस्टेल एयरको हेलिकोप्टरमा अस्पतालका सघन उपचार कक्षमा कार्यरत एनेस्थेसिओलोजिस्ट डा. बिपिन कार्की र क्रिटिकल केयर नर्स अनिता कुँवर सघन उपचारका लागि आवश्यक भेन्टिलेटर र औषधि लगायतका सामाग्रीसहित बुटवल पुगेर बिरामीलाई सुरक्षित रुपमा अस्पताल ल्याएका थिए ।

ओम अस्पतालमा २४ सै घण्टा बिशेषज्ञ चिकित्सक तथा दक्ष नर्सिङ स्टाफहरुसहितको आकस्मिक उपचार तथा एम्बुलेन्स सेवा उपलब्ध रहेको छ । यसका साथै सघन उपचार कक्षमा विश्वस्तरीय उपकरणसहितको अत्याधुनिक १७ वटा वेड रहेका छन् ।

क्रिटिकल केयर मेडिसिनमा डीएम गर्नुभएका अत्यन्त दक्ष तथा अनुभवी सघन उपचार बिशेषज्ञहरुको निगरानीमा उपचार र साथमा नर्सिङ केयरमा पनि सघन उपचार विशेष तालिम लिएका नर्सिङ स्टाफहरु, एउटा बिरामीका लागि एकजना नर्सको व्यवस्थासहित उपचारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्