Logo
|
Friday 29th March 2024
Logo

epaper

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो



रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।

महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स बिष्णु गुरुङले जानकारी दिनुभयो । उनीहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।

सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा कूल ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिनुभयो । परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ ।

नेपालका सामाजिक संरचनाका कारण महिला लजाउने हुनाले पाठेघर र स्तनको क्यान्सर हुने गरेको उल्लेख गर्दै नर्स पदमा श्रेष्ठले भन्नुभयो, “विशेष गरी यौन रोगमा अझै पनि महिला खुलेर समस्या बताउन नसक्ने अवस्थामा छन् ।”रासस

प्रतिक्रिया दिनुहोस्