Logo
|
Friday 19th April 2024
Logo

epaper

मिर्गौलापीडितलाई सहयोग



पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२ का दुवै मिर्गौलापीडित गणेश सापकोटालाई नवलपुर समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ ।

छत्तीस वर्षीय सापकोटालाई कावासोती–१३ का वडाध्यक्ष विनोदकुमार रानाको समन्वय तथा सम्पर्कमा कावासोती–८ निवासी नवलपुर समाज दक्षिण कोरियाका सचिव हेमराज चापागार्इंले रु ५० हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

वडाध्यक्ष रानाले नवलपुर समाज दक्षिण कोरियाको सामाजिक कार्यक्रमप्रति खुशी व्यक्त गर्दै मिर्गाैलापीडित सापकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

वैदेशिक रोजगारको क्रममा साउदीमा रहेका सापकोटा विदेशी भूमिबाटै मिर्गाैला रोगी भएर फर्केका हुन् । करीब आठ महीनाअघि नेपाल आएका सापकोटाले सबै नेपालीमाझ सहयोगका लागि आग्रह गर्नुभएको थियो । नवलपुर समाज दक्षिण कोरिया कोरियामा काम गर्ने नवलपुरेको सङ्गठन हो । सामाजिक सेवामा काम गर्ने उद्देश्यले स्थापित यस सङ्गठनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्