Logo
|
Thursday 25th April 2024
Logo

epaper

न्याम्सको उपकुलपतिमा डा. डिएन शाह नियुक्त



चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डाक्टर डिएन शाह नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोजमा छनोट गरी पठाएको तीन जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डाक्टर डिएन शाहलाई नियुक्त गर्ने निर्णय गर्नुभएको हो ।

न्याम्सको उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये स्वास्थ्य मन्त्रालयले डा. डिएन शाह, डा. ढुण्डीराज पौडेल र डा. अजित रायमाझीको नाम प्रधानमन्त्री कार्यलयमा पठाएको थियो ।

न्याम्सको पदाधिकारी छनोटका लागि स्वास्थ्य मन्त्रालयले पदाधिकारीको नाम पठाएको ६ महिनापछि प्रधानमन्त्री ओलीले न्याम्समा उपकुलपतिको नाम स्वीकृत दिनुभएको हो।

सरकारले न्याम्सको रेक्टरमा अहिलेका निमित्त उपकुलपति डा. सुबोध अधिकारी, रजिष्ट्रारमा डा. दिलिप शर्मा र डीनमा डा. पियुस दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै न्याम्स अन्तर्गत रहेको वीर अस्पताको निर्देशकमा डा. केदार सेञ्चुरी र ट्रमा सेन्टरमा डा. प्रमोद यावदलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
न्याम्स तथा वीर अस्पताल र ट्रमा सेन्टरमा नियुक्त हुने सबै पदाधिकारीको प्रधानमन्त्री कार्यलयले नियुक्ती पत्र समेत तयार पारीसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासीयाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्