Logo
|
Friday 29th March 2024
Logo

epaper

वृद्धादेखि सुत्केरीलाई नागरिकता



जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् ।

बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

त्यस्तै बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ वर्षीय देवीका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले उनीहरुलाई नागरिकता प्रमाणपत्र दिनुभएको हो । पहिलो पटक डिजिटल प्रविधिबाट शिविरमा नागरिकता वितरण गरिएको खतिवडाले बताउनुभयो ।

जीवनको उत्तरार्धमा ७२ वर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा धनसरी निकै हर्षविभोर हुनुभयो । सदरमुकाम जान तीन दिन हिँड्नुपर्ने बाध्यता, आफै हिँडेर जान नसक्ने, सदरमुकाम लगिदिने मानिस नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले पहिले बनाउन नपाएको उहाँले बताउनुभयो ।

समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्नबाट समेत वञ्चित हुनुपरेको उहाँले गुनासो सुनाउनुभयो । घर नजिकै नागरिकता वितरण गर्ने टोली आएको जानकारी पाएपछि तीन दिनकी सुत्केरीले पनि नागरिकता लिएकी हुन् । उहाँले भन्नुभयो,“घण्टौँ हिँडेर सदरमुकाम गएर नागरिकता लिनुपर्ने झण्झट हटेको छ । म निकै खुशी छु ।”
त्यस्तै, बारेकोट–४ जिरीकी ६९ वर्षीया अविवाहिता महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुशी भएकी छन् । माइतीमै एकल जीवन बिताउँदै आएकी उहाँले समयमा नागरिकता नबनाउँदा लामो समयदेखि सामाजिक सुरक्षा भत्तासमेत पाउनबाट समेत वञ्चित हुनुपर्यो । पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि उहाँले आफ्नो वषौंदेखिको अधुरो धोको पूरा भएको बताउनुभयो ।

दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपाङ्गता परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता लगायतका सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । शिविर एक सातासम्म सञ्चालन हुनेछ ।

मुड्केचुला गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा भिडियो एक्सरे गर्नकै लागि डोल्पाको सदरमुकाम दुनै आउनुपर्ने बाध्यताबाट मुड्केचुला गाउँपालिकाका स्थानीयलेमुक्त भएका छन् ।

मुड्केचुला गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडा रहेका स्वास्थ्य संस्थामा भिडियो एक्सरे वितरण गरेपछि यहाँका स्थानीयवासी दुनै जानु नपर्ने भएको हो । भिडियो एक्सरे पाएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् ।

गर्भ जाँच गर्नका लागि दुनै जानुपर्ने बाध्यता अन्त्य भएको राजिकम्द स्वास्थ्यचौकीकी अनमी लक्ष्मी शाहीले बताउनुभयो । दुई दिन हिँडेर सदरमुकाम गई भिडियो एक्सरे गरी जाँच गर्नुपर्ने अवस्था अन्त्य गरी अब गाउँमै सो सेवा प्रदान गरिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्