Logo
|
Friday 19th April 2024
Logo

epaper

सडकको दुरावस्थाः बाइक र कार उफ्रिदा पनि मेरुदण्डमा असर



मानव शरीरको बनावटमा स्नायु प्रणालीको ठूलो महत्व छ । स्नायु नशाहरु टाउकोबाट सुरु भएर हात खुट्टाका औंलासम्म फैलिएका हुन्छन् । स्नायु सम्बन्धि रोगलाई न्युरोलोजिकल समस्या भन्ने गरिन्छ ।
मस्तिष्क र मेरुदण्ड मिलेर स्नायु प्रणाली बनेको हुन्छ । हात र खुट्टाका स—साना नसाहरुलाई पेरिफेरल नर्भस् भनिन्छ । यसरी ब्रेन, स्पाइन र मसिना नसा (पेरिफेरल नर्भस्) हरुको समस्यालाई समग्ररुपमा न्युरोलोजिकल समस्या भन्ने गरिन्छ ।
मस्तिष्कको समस्यामा सामान्य टाउको दुःखाइदेखि छारे रोग, मष्तिस्कघात, बिभिन्न प्रकारका ब्रेन ट्युमरहरु, ब्रेन भित्रका अन्यरोग जस्तैः पार्किन्सस्, अल्जाइमर, टाउकोका चोटपटक आदि पर्दछन् । यसैगरी मेरुदण्डका समस्याहरुमा गर्दन र ढाडका नसा च्यापिने र ट्युमर, उमेरका कारण ढाडको हड्डी र नसा कमजोर, क्षयरोगलगायतका संक्रमण, स्पाइनको चोट, पर्दछन् । यसैगरी स्नायु तन्त्रको पेरिफेरल नर्भमा आउने समस्याहरुमा हातगोडा सम्झमाउने, हातखुट्टा दुःख्ने, पोल्ने, कहिलेकाँही मसिना नसाहरुमा सानातिना गाँठा पलाउने आदि पर्दछन् ।
स्नायु तथा नसा सम्बन्धि समस्याहरु कति न्युरो फिजिसियन त कति न्युरो सर्जनहरुले निको पार्छन् ।
कुनै कारणले न्युरो फिजिसियनले गरेको उपचारमा सर्जरी गर्नुपर्ने भएमा न्युरो सर्जनलाई रिफर गरिन्छ भने सुरुको अवस्थामा न्युरो सर्जनले हेरेको तर शल्यक्रिया नगर्नुपर्ने अवस्थामा न्युरो फिजिसिएनमा रिफर गर्नुपर्छ । यसरी न्युरोसम्बन्धि उपचारमा न्युरो सर्जन र न्युरोफिजिसियनको महत्वपूर्ण भूमिका हुन्छ ।

सडकको दुरावस्थाका कारण बाइक र कारहरु उफ्रिदा मेरुदण्डमा असर परेर नसा च्यापिने सम्भावना धेरै हुन्छ । कार्यालयमा टेबुलमा बसेर काम गर्नेहरुमा ढाडको समस्या प्रमुख रुपमा देखिएको छ । एकै ठाउँमा धेरै समय बसिरहँदा ढाडका असर पर्छ र नसा च्यापिने सम्भावना अत्यधिक रहन्छ । सामानहरु उचाल्दा पनि ढाड सर्किएर नसा च्यापिन सक्छ ।

 

ढाड र गर्दनको समस्या
आजकाल नेपाली समाजमा ढाड र गर्दनको नसा च्यापिने समस्या धेरै छ । दैनिक कार्यालयमा काम काम गर्ने व्यक्तिहरु ढाड र गर्दनको समस्या लिएर उपचारका लागि आउने गर्दछन् ।
दुई दशक अघिसम्म ढाड र गर्दन दुःख्ने समस्यादेखि धेरै व्यक्ति डराउँथे । यसलाई ठूलो समस्याको रुपमा लिइन्थ्यो । तर आजकाल औषधि, फिजियोथेरापी र शल्यक्रियाबाट यसप्रकारको समस्या समाधान हुने गरेको छ ।
विगतमा बुढेसकालमा गर्दन र ढाडका हड्डीहरु खिइँदै नसा च्यापिने समस्या हुने गरेकोमा आजकल अस्वस्थ्यकर जीवनशैली, शारीरिक अभ्यासको कमी, मोटोपना, सडकको दुरावस्था आदिका कारण कलिलै उमेरमा ढाड र नसाको समस्या देखिने गरेको छ ।
खासगरी अहिले ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरु ढाड र गर्दन दुख्ने समस्या लिएर आउने गर्छन् । सडकको दुरावस्थाका कारण बाइक र कारहरु उफ्रिदा मेरुदण्डमा असर परेर नसा च्यापिने सम्भावना धेरै हुन्छ । कार्यालयमा टेबुलमा बसेर काम गर्नेहरुमा ढाडको समस्या प्रमुख रुपमा देखिएको छ । एकै ठाउँमा धेरै समय बसिरहँदा ढाडका असर पर्छ र नसा च्यापिने सम्भावना अत्यधिक रहन्छ । सामानहरु उचाल्दा पनि ढाड सर्किएर नसा च्यापिन सक्छ ।
रोकथाम र उपचार
पहिलो कुरा रोग लाग्न नदिनु राम्रो हो । ढाडको नसा च्यापिन नदिन निहुरिएर धेरै काम नगर्ने, निहुरिएर भारी नउचाल्ने, भारी उचाल्नुपर्ने अवस्था आएमा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र गर्नुपर्छ । कतिपय अवस्थामा नसा च्यापिएमा बिरामीलाई सामान्य उपचारपछि सामान्य अवस्थामा फर्काउन सकिन्छ ।
यस्ता बिरामीहरुलाई न्युरो फिजिसियन वा न्युरो सर्जनको जाँच, एक्सरे, सिटी, स्क्यान र एमआरआईपछि सामान्य औषधि र फिजियोथेरापी आदिले ठीक पार्न सकिन्छ ।
मेरो व्यक्तिगत अनुभवमा एक सय ढाडको समस्या भएका बिरामीमध्ये करिब १५ प्रतिशतलाई ठूलो उपचारको जरुरत पर्नसक्छ । धेरै नसा च्यापिएको अवस्थामा मात्र शल्यक्रियाको जरुरत पर्छ ।
नेपालमा अधिकांश बिरामीहरुलाई ढाडको नसा च्यापिएपछि निको हुँदैन भन्ने भ्रम र अझ ढाडको शल्यक्रिया गर्नै हुन्न भन्ने बुझाई छ जुन गलत हो । मेरो करिब १२—१३ वर्षको अनुभवले सही ठाउँमा , सही तरिकाले अनुभवी चिकित्सकहरुबाट उपचार गरेमा ढाडको नसा च्यापिएका करिब ९९ प्रतिशत बिरामी निको भएका छन् ।
अधिकांश बिरामी शल्यक्रियापछि हिँडेरै घर फर्किएका हुन्छन् । सामान्य मानिसले दुई हप्ता र भारी काम गर्ने व्यक्तिले एकदेखि डेढ महिना जति आराम गरेमा सामान्य अवस्थामा फर्किन समस्या पर्दैन ।

(डा. श्रेष्ठ बी एण्ड बी हस्पिटल र काठमाण्डौं न्युरो सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्