Logo
|
Friday 29th March 2024
Logo

epaper

मेडिसिटीको आकस्मिक हटलाईन नं.११३४ : भेन्टिलेटर र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा



नेपालमा उपलब्ध सबै टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ ।
मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मी सहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिने छ ।

नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिने अस्पतालका महाप्रबन्धकविजय रिमालले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स तथा हेली सेवाका लागि पनि अस्पतालको हटलाईन नम्बर डायल गर्न सकिने छ ।

दुर्घटना वा भवितब्यका बेला उचित प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको अस्पतालका महाप्रबन्धक रिमालले जानकारी दिनुभयो ।
बढ्दो दुुर्घटना र जोखीमलाई लक्षित गरी त्यस्ता अवस्थामा आवश्यक सहयोग गर्न २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो ।
हतार तथा आपद्का बेला १० अंकभन्दा ४ अंकको प्रयोग हुदा तत्काल उद्धारका लागी सहयोग पुग्ने र सम्झन समेत सहज हुने भएकाले यस किसिमको हटलाइन नम्बरको प्रयोग हुन जरुरी रहेकाले नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्