Logo
|
Friday 19th April 2024
Logo

epaper

हाम्रो मिसनः नविनतम प्रविधि तत्काल उपलब्ध गराउने



न्युरो उपचारका लागि SIEMENS कम्पनिका अत्याधुनिक सिटीस्क्यान, एम.आर.आई. र क्याथल्याब उपकरण मुलुकमा भित्र्याइरहेका छौं । नयाँ प्रविधिको इनोभेसन गर्ने यो कम्पनि विश्वकै उत्कृष्ठ हो । सिटी स्क्यानको इमेज क्वालिटी गुणस्तरीय बनाउने र रेडिएसनको डोज कम गरेर बिरामीलाई अत्यधिक सुरक्षा दिने विषयमा SIEMENS अगाडि छ । बिरामीको रोग डायग्नोसिस गर्दा सकेसम्म कम डोज दिएर गर्नुपर्छ । पटक पटक धेरै रेडियसन प्रवाह गर्दा स्वास्थ्यलाई हानी पुग्नसक्छ ।
एम.आर.आई.का नयाँ प्रविधि आविश्कार गर्न SIEMENS धेरै अगाडि छ । एम.आर.आई.गर्दा आवाज आउँछ । आवाजका कारण बिरामी झस्किने र इरिटेड हुने कारण SIEMENS ले नोइजलेस (आवाजरहीत Quite Suite ) एम.आर.आई. आविश्कार गरेको छ ।
एम.आर.आई.मा रेडिएसन प्रयोग नहुने भएकाले पटक पटक स्क्यान गर्नुपर्ने बिरामीका लागि एम.आर.आई.राम्रो मानिन्छ । एम.आर.आई.गर्ने बेलामा हल्लिनुहुँदैन । सिटीको तुलनामा एम.आर.आई. गर्न बढि समय लाग्छ । सिटी स्क्यान ५ मिनेटमा सकिन्छ भने एम.आर.आई. का लागि आधा घण्टा जति समय लाग्छ ।
मुलुकमा जति धेरै नयाँ प्रविधि भित्र्याउन सक्यो त्यति नै सजिलै रोग डायग्नोसिस गरेर बिरामीलाई समस्याबाट मुक्त गराउन सकिन्छ । यस्ता नयाँ प्रविधिबाट रोग डायग्नोसिस गर्न सजिलो हुन्छ । रिसर्च र इनोभेसनमा लगानी गरेका कम्पनिहरुको उपकरण केही महँगो भएपनि सेवा प्रदायक स्वास्थ्य संस्था र बिरामीका लागि निकै लाभदायक मानिन्छ । जनस्वास्थ्यको स्तर उकास्नमा यस्ता प्रविधि र उपकरणले निकै मद्धत गर्दछन् । तर रिसर्च र इनोभेसनमा फोकस नगरेका कम्पनिहरुका उपकरण सस्तो मुल्यमा पाइएपनि यसबाट प्राप्त हुने आउटपुट राम्रो हुँदैन । त्यसैले यसप्रति ख्याल गर्न जरुरी हुन्छ ।
इष्टवेष्ट कन्सर्नले अत्याधुनिक उपकरण मेसिन चलाउने जनशक्तिलाई प्रोत्साहन गरिरहेको छ । अहिलेसम्म बाहिरबाट जनशक्ति ल्याउनुपर्ने स्थिति छैन । मुलुकमा अत्याधुनिक उपकरण भित्रिनेक्रम बढेसँगै बायोमेडिकल इन्जिनियरहरुको स्कोप पनि धेरै बढिरहेको छ । त्यसैले बायोमेडिकल इन्जिनियरको पढाइतिर पनि प्रोत्साहन गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय बजारमा आविश्कार भएका अत्याधुनिक टेक्नोलोजी तत्काल मुलुकमा भित्र्याउने, समयमा सेवा उपलब्ध गराउने, चिकित्सक, रेडियोग्राफर र टेक्नोलोजिष्टहरुलाई आवश्यक ट्रेनिङ गराउने हाम्रो भिजन हो । यसका लागि हामीसँग पर्याप्त जनशक्ति उपलब्ध छ । नेपालका हरेक हस्पिटल, मेडिकल कलेज, गाउँघरका स्वास्थ्य संस्थाहरुमा उच्च प्रविधिको मेडिकल प्रविधि पु¥याउन अगाडि बढेका छौं । यसका लागि सरकारलगायतका सम्बन्धित निकायको साथ र सहयोग जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्