Logo
|
Thursday 28th March 2024
Logo

epaper

न्युरो सर्जरीमा सैद्धान्तिक र व्यवहारिक शिक्षा




अहिलेको आवश्यकता भनेको आफुसँग भएको स्किल जुनिएरमा ट्रान्सफर गर्दै जानु हो । न्युरो सर्जरीमा सोसियल हिस्ट्रीले धेरै महत्व राख्छ । बिरामीको फाइनान्सको स्थिति, बिरामीको परिवारको एक्स्पेक्टेसन लगायतका कुरामा निकै ख्याल गर्नुपर्छ ।
दक्ष न्युरो सर्जन बन्न राम्रो सैद्धान्तिक ज्ञान, अभ्यास र मिहिनेतले महत्वपूर्ण भूमिका खेल्छ । यो एक सय वर्ष पहिला एकजना सर्जन डा. हल्स्टेकले प्रतिपादन गरेको मोडल हो । यो मोडल न्युरो सर्जरीमा पनि लागू हुन्छ । नेपालमा सफल न्युरो सर्जरीको तालिमको सुरुवात् प्रा.डा. उपेन्द्र देवकोटाले शुरु गर्नुभएको हो । प्रा.डा. प्रकाश विष्ट पहिलो ब्याचको डाक्टर हो । न्युरो सर्जरीमा एमसिएन कार्यक्रम वीर अस्पताल, त्रि.बि. शिक्षण अस्पताल र बाँसबारीस्थित न्युरो अस्पतालमा भइरहेको छ ।

 ‘‘न्युरो सर्जरी अलि जटिल विधा हो । यसमा धेरै नै क्रिटिकल बिरामीहरुसँग डिल गर्नुपर्छ । ट्रेनिङ लामो हुन्छ । डेडिकेसन चाहिन्छ । लामो समय अपरेशनमा रहनुपर्ने भएकाले दुःख धेरै हुन्छ । त्यति धेरै कमाउन सकिदैन । निजी अस्पतालहरुले न्युरो सर्जरी विभाग स्थापना गर्दा धेरै लगानी गर्नुपर्छ ।

अहिले न्युरो सर्जरी विधामा पनि सब स्पेशियालिटीको विकास भइरहेको छ । देशका हरेक जिल्लामा न्युरो सर्जन पु¥याउनुपर्छ । यसका लागि सामान्य सुविधाको व्यवस्था हुनुपर्छ ।
न्युरो सर्जरीमा सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षाको जरुरत पर्छ । हाइजेष्ट डिग्री अफ ट्रेनिङ्गका आधारमा अध्ययन र अध्यापन गराइन्छ । एमसिएच भनेको हाइजेष्ट फर्म अफ ट्रेनिङ्ग हो । यसमा न्यूरो शल्यक्रियामा प्राप्त गर्ने सफलता, कम्प्लिेकसन न्यूनिकरण, पोष्ट अपरेटिभ वार्डमा बिरामीको व्यवस्थापनबारे व्यवहारिक विधिबाट अध्यापन गराइन्छ ।
बीर हस्पिटल त्रि.बि.शिक्षण अस्पताल, बाँसबारीस्थित न्युरो हस्पिटलमा एमसिएच कार्यक्रमको अध्ययन अध्यापन हुने गरेको छ ।
अनुभवी भास्कुलर न्युरो सर्जनको पनि परिभाषा आइसकेको छ । यसका लागि १० वर्ष भन्दा बढी अनुभव, ३ सय भन्दा बढी एन्युरिजम क्लिप गरेको, एक वर्षमा करिब २० वटा भन्दा बढी एन्युरिजम क्लिप गरिरहेको व्यक्ति मात्र अनुभवी भास्कुलर न्युरो सर्जन हुन्छ । अनुभवी भास्कुलर सर्जनले गरेको शल्यक्रियामा कम्लिकेसन दर धेरै कम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्