Logo
|
Friday 19th April 2024
Logo

epaper

पिट्युटरी र स्पाइनल कर्डमा ट्युमरको दोष



न्यूरो, स्पाइन र पेरिफेरल नर्भस् समस्यामा शल्यक्रियाको जरुरत पर्छ । नेपालमा प्रायः बिरामीहरु बेहोस, प्यारालाईसिसलगायतका समस्या भएपछि मात्र उपचार सेवा लिन आइपुगेका हुन्छन् । कतिपय बालबालिकाहरुको उमेर अनुसार बृद्धि विकास भइरहेको हुँदैन । जीनको समस्याका कारण ट्यूमर, एन्युरिजम, एभिएम, हाइड्रोकेफलस जस्ता प्रायः वंशाणुगत हुने समस्या हुने गर्छ । हेड इन्जुरी र ब्रेन स्ट्रोकको पनि ठूलो समस्या छ ।
स्पाइनल कर्डको ट्यूमरले प्यारालाईसिस गराउँछ । यस किसिमको समस्या भएकाहरुलाई कति प्रतिशतसम्म बचाउन सकिन्छ ? भन्ने कुरा बिरामीको उमेर, शरीर संरचना, समस्याको जटिलतामा निर्भर हुन्छ ।
१० प्रतिशतमा पिट्यूटरी ट्यूमर
मस्तिष्कमा हुने पिट्यूटरी ग्रन्थीले फरक फरक हर्मोनहरु उत्पादन गर्छ । फरक फरक हर्मोनको फरक फरक काम हुन्छ । कुनै हर्मोनले शरीरको बृद्धि नियन्त्रण गर्ने, कुनैले महिनावारी नियन्त्रण गर्ने, कुनैले प्रजनन नियन्त्रण गर्ने जस्ता फरक फरक काम गरिरहेको हुन्छ । करिब १० प्रतिशतमा पिट्यूटरी ट्यूमर हुने गरेको पाइएको छ । पिट्यूटरी ट्यूमर भएका व्यक्तिहरुमा महिनावारी नहुने, प्रजनन क्षमतामा कमी, आँखा कमजोर, सानै उमेरमा अत्यधिक अग्लो हुने जस्ता समस्या देखिनसक्छ ।
लक्षण
पिट्यूटरी ग्रन्थीले ९ वटा हर्मोन उत्पादन गर्छ । कुनै एउटा हर्मोनको डिफेक्ट भएमा त्यसको भिन्नै समस्या देखिन्छ । जस्तैः ग्रोथ हर्मोनमा दोष आएमा मानिस एकदमै ठूलो हुने वा एकदमै सानो भएर जान्छ । प्रोल्याक्टिन हर्मोनको गडबडीले महिलाहरुमा महिनावारीको समस्या देखिनसक्छ । यद्यपी हर्मोनको विफलताका कारण यस किसिमको समस्या देखिएको हो ।
कारण
ट्यूमरले हरेक हर्मोनलाई थिचिदिन्छ र हर्मोनले काम गर्न सक्दैन । चाँडो उपचार पाएमा समस्याबाट छुटकारा दिलाउन सकिन्छ । तर ढिलो भएमा समाधान गर्न निकै कठिन पर्छ । अन्धोपना, टाउकोमा पानी जम्ने, धेरै टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या लिएर कतिपय बिरामी आएका हुन्छन् । यस्ता बिरामीहरुलाई चाँडो भन्दा चाँडो सम्बन्धित चिकित्सकसमक्ष रिफर गर्नुपर्छ । यसबाट समस्या न्यूनिकरण हुनुका साथै समस्याबाट धेरैलाई जोगाउन सकिन्छ ।

(डा. झा बीर हस्पिटल र नर्भिक हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्