Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कसरी घटाउने ट्रमेटिक मस्तिष्क चोट ?



सन्दर्भः विश्व हेड इन्जुरी डे २०१९

बाह्य भौतिक बलका कारण मस्तिष्कमा हुने घातलाई ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) भनिन्छ । यसले व्यक्तिको चेतनाको स्तरमा कमी ल्याई संज्ञानात्मक क्षमता एवं शारीरिक क्रियाकलापमा असर पार्छ ।

आजकल विकसित र विकासशील देशहरूमा ट्रमेटिक मस्तिष्क चोट ‘मौन महामारी’ का रुपमा देखिएको छ । सम्पूर्ण चोटहरुबाट हुने मृत्युमध्ये ३० देखि ३५ प्रतिशत ट्रमेटिक मस्तिष्क चोटले हुने गर्छ ।


जस्तोः हात भाँचिएपछि हात चलाउन नमिलेको सबैले देख्न सक्छन् । तर, ट्रमेटिक मस्तिष्क चोट (टीबीआई) ‘अदृश्य’ बनिदिन्छ । ‘मस्तिष्कमा चोट लागेपछि चेतना हराउँछ’ भन्ने हामी माझ एउटा गलत धारणा छ । तर मस्तिष्कमा लागेको चोटमध्ये करिब १५ प्रतिशत मात्र चेतनाको हानीसँग सम्बन्धित छ ।  
घातक मस्तिष्क चोटको दायरा ठूलो छ । करिब ५३ लाख अमेरिकी नागरिकमा २ प्रतिशत ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) का कारण अपाङ्गता हुने गरेको छ । विश्वभर हरेक बर्ष २० लाख व्यक्तिलाई मस्तिष्कमा चोट लाग्ने गरेको देखिन्छ । विश्वमा हरेक १५ सेकेन्डमा एक जनालाई मस्तिष्कमा चोट लाग्ने गरेको छ । ४४ वर्षको उमेर सम्म मृत्युको प्रमुख कारण ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) लाई लिइएको छ । ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) मृत्युको चौथो प्रमुख कारण मानिन्छ । महिलाको तुलनामा पुरुषहरुमा दोब्बर मस्तिष्क चोट लाग्ने गरेको छ । १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई चोट लाग्ने अधिक सम्भावना रहन्छ ।
पहिलो ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) पछि दोस्रो पटकको जोखिम तीन गुना बढी हुन्छ भने दोस्रोपछि तेस्रो चोटको खतरा आठ गुणा बढी हुन्छ । युवा, किशोर र वृद्धहरू प्रायः जोखिम समूहमा पर्दछन् । ७५ वर्ष वा माथिका बृद्धहरू ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) का कारण अस्पताल भर्ना हुने र मृत्यु हुने दर पनि उच्चतम छ ।
सन् १८८९ मा स्थापित सबैभन्दा पुरानो बीर अस्पतालमा ४ सय ५८ वेडमध्ये ५५—६० वेड न्युरो सर्जरीका लागि समर्पित छ । अस्पतालमा न्युरो सर्जरी विभाग सन् १९८९ मा वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा र डा. दिनेश नाथ गंगोललको सक्रियतामा स्थापना गरिएको थियो । पछि यो सन् १९९८ मा नेशनल न्यूरो सर्जिकल रिफरल सेन्टरमा परिणत भयो ।

पहिलो सार्क क्षेत्रीय सम्मेलनमा प्रा.डा.देवकोटाद्वारा सन् १९९९ मा प्रकाशन गरिएको तथ्याङ्कअनुसार टाउकाको सामान्य चोट लागेर उपचारका लागि ६५ प्रतिशत बिरामीको अस्पताल प्रवेश हुने गरेको थियो । त्यसमध्ये ७६ प्रतिशतको लडेर टाउकाको चोट लाग्ने गरेको थियो । बीर अस्पतालको विगत १० वर्षको अनुभवमा ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) लागेर आउने बिरामीहरुको संख्या क्रमशः घट्दै गएको छ । ९ वर्षको अवधिमा बि.सं.२०७४ मा ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) का कारण उपचारका लागि बीर अस्पताल प्रवेश गर्ने बिरामीहरुको संख्या एक चौथाइ घटेको छ ।
बि.सं.२०१३ को अप्रीलमा बीर अस्पताल नजिकै राष्ट्रिय ट्रमा सेन्टर स्थापना भयो । सन् २०१५ देखि २०१७ सम्मको तथ्याङ्कमा अस्पताल प्रवेश गरेका ८ हजार ५ सय ६२ बिरामीमध्ये ११ प्रतिशतलाई मस्तिष्क चोट लागेको थियो । त्यसमध्ये ५५ प्रतिशतलाई यातायात दुर्घटनाका कारण मस्तिष्क चोट लागेको थियो । दोस्रो प्रमुख कारण लडेर थियो । मस्तिष्क चोट लाग्नेहरुमा १५ देखि ४९ वर्ष समूहका व्यक्ति रहेका थिए । त्यसमा ७२ प्रतिशत पुरुष थिए । त्यसमा ३२ प्रतिशत ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) संयोग थियो । त्यसपछि एक्स्ट्रा हेमाटोमा र सब—ड्युरल हेमाटोमा थिए । मस्तिष्कको चोटको गम्भीरता सँगै मृत्यु दर पनि वृद्धि भएको छ । निधारमा गम्भीर चोट लागेर करिब ८ प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ । मस्तिष्क विकसित हुने क्रममा रहने भएकाले ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) ले बच्चाहरुमा कमजोरी तत्काल स्पष्ट हुँदैन । ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) का कारण बालबालिकामा लामो समयपछि रोग देखिनसक्छ । उनीहरुलाई समस्या कुनै पनि बेला देखिनसक्छ । करिब ६५ प्रतिशत बालबालिकाहरुमा लडेर ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) लागेको पाइएको छ । ट्राफिक दुर्घटनाबाट २५ प्रतिशत बालबालिकामा टिबिआई भएको देखिएको छ । साना बालबालिकाको तुलनामा ठूला बच्चाहरु ट्राफिक दुर्घटनामा पर्ने गरेका छन् । अधिकांश बालबलिकाहरू घरको छत, झ्यालबाट लडेको पाइएको छ । अल्कोहल (रक्सी) पिएर करिब ५६ प्रतिशत ट्राफिक दुर्घटना हुने गरेको फेला परेको छ । अल्कोहल सम्बन्धित रोड एण्ड ट्रान्सपोर्ट अथरिटी (आरटिए) को रोकथाम गर्न सन् २०१२ मा शून्य अल्कोहल सहिष्णुता शुरु भएको थियो । यसले बीर अस्पतालजस्ता केन्द्रहरुमा हेड इन्जुरिजका बिरामी भर्नामा धेरै कमी आएको छ । अज्ञात रोगीहरू बिरामीहरूको विशेष समूह हो जसलाई विशेष ध्यान जरुरी पर्छ । सन् २०१५ देखि २०१७ सम्म हेड इन्जुरिका कारण १ सय २३ जना अज्ञात रोगीहरूलाई उपचार गरियो । यसमा ६६ प्रतिशत पुलिस हिरासतबाट ल्याइएका थिए र ८८ प्रतिशत काठमाडौंबाट घाइते भएका थिए । टिबिआईका समस्या हुनेहरुमा ४५ प्रतिशत यातायात दुर्घटना, लडेर २३ प्रतिशत, कुटपिटबाट २१ प्रतिशत रहेको छ ।
यसमा करिब ५० प्रतिशत सामान्य टिबिआई रहेको छ ।
सामाजिक सेवा संस्थाहरूले टिबिआईका गरीब बिरामीहरुलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यस अन्तर्गतसन् १९८० देखि जर्मन नेप्लिज हेल्प एसोसिएसन सक्रिय छ । सन् २०१७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेशनल ट्रमा सेन्टरको सामाजिक सेवा इकाईद्वारा गरीब रोगीहरुलाई सहायता गर्न शुरु गर्यो । यसबाहेक त्यहाँ थुप्रै सामाजिक सेवा स्वयंसेवकहरू छन् । हाल नेपालमा न्युरो सर्जिकल सेवाको व्यापक उपलब्धता छ । अहिले लगभग ८० जना योग्य न्युरोसर्जन, लगभग २० जना न्यूरो चिकित्सक, न्यूरो एनेस्थेसियोलोजिष्ट, न्यूरो क्रिटिकल केयर टिम, न्यूरो स्पेशल नर्स र न्युरोसर्जिकल रेसिडेन्सी कार्यक्रम (एमएच, एमएस, एफसीपीएस) रहेको छ । ट्रमाटिक मस्तिष्क चोटबाट हुने सम्भावित मृत्युदर घटाउने थुप्रै तरिकाहरू छन् । सबैभन्दा महत्वपूर्ण तरिका दुर्घटनालाई कम गर्ने नै हो । न्युरो सर्जिकल सेवाहरू विस्तारित, सुधारिएको न्यूरो आईसीयू र नेशनल ट्रमा सेन्टरको स्थापनाले ट्रमेटिक मस्तिष्क चोट (टिबिआई) सँग सम्बन्धित मृत्युदरहरूलाई कम गर्न सहयोग पुर्याएको छ । जिरो अल्कोहल टोलेरेन्स र मादक पदार्थ सेवन चेकिङले ट्राफिक दुर्घटनाबाट हुने टिबिआई कम गर्न सहयोग गरेको छ । हरेक वर्ष २० मार्चमा मनाइने विश्व हेड इन्जुरी दिवसका अवसरमा हामी सबैले प्रण गरौं—‘अल्कोहल सेवन गरेर सवारी साधन नचलाऔं र राम्रोसँग हेल्मेट लगाउने गरौं ।’ (यो लेख हिमालयन मेटिटेक प्रा.लि.की बायोमेडिकल इन्जिनियर अस्मिता कार्कीले प्रा.डा.झासँग कुरा गरेर तयार पार्नुभएको हो ।)

प्रतिक्रिया दिनुहोस्