Logo
|
Wednesday 24th April 2024
Logo

epaper

हेल्थ केयर सिस्टममा गुणस्तरीय युपिएसको महत्व



मुरारी झा, प्रबन्ध निर्देशक / एस पावर बी.पी.ई. प्रा.लि.

सिटी स्क्यान, एम.आर.आई., अल्ट्रासाउन्ड क्रिटिकल केयरमा रहेका बिरामीका लागि एकछिन मात्र पनि बिजुली बन्द भएमा रोग डायग्नोसिस नहुने र ज्यान समेत जानसक्ने सम्भावना रहन्छ ।
त्यसैले हेल्थ केयर सिस्टममा अनलाइन युपिएसको महत्वपूर्ण भूमिका रहन्छ । यस्ता महत्वपूर्ण उपकरणहरुमा युपिएस राखिने भएकाले बिजुलीको करेन्ट प्रवाह भइरहन्छ र बत्ति गएपनि काम रोकिदैन । यसबाट बिरामीलाई कुनै समस्या हुँदैन ।
सिआर, डिआर, अल्ट्रासाउन्ड लगायतका उपकरणहरु ब्रान्डेड नभएको अवस्थामा राम्रोसँग रोग डायग्नोसिस हुन सक्दैन । कतिपय अवस्थामा त रोग नभएको व्यक्तिलाई पनि रोग देखाइदिने र रोग भएको व्यक्तिलाई रोग नदेखाइदिन पनि सक्छ ।
जहिले पनि गुणस्तरी ब्रान्डेड युपिएसले फिल्टर गरेर एक्युरेट भोल्टेज प्रवाह गरिरहेको हुन्छ । फिल्टरेसन र करेन्ट सप्लाई गर्ने काम भइरहेको हुन्छ । युपिएसले दिएको परिणामको आधारमा डाक्टरले स्क्रिनमा हेरेर रोग डायग्नोसिस गरेको हुन्छ ।
राम्रो कम्पनिको युपिएस प्रयोग नगर्दा युपिएसकै कारण रोग नभएको मानिसलाई पनि रोग देखाउन सक्छ । यस्ता घटनाहरु अल्ट्रासाउन्डको मेसिनमा देखिन्छ । युपिएसको आवाजले स्क्रिनमा थोप्ला थोप्ला आउँछ । यसले डाक्टरहरु दुविधामा पर्छन् । यसरी गलत डायग्नोसिस भएर गलत औषधि चलाएमा बिरामी मर्न पनि सक्छ ।
युपिएसका कारण कतिपय मेडिकल उपकरण बिग्रिनसक्ने सम्भावना रहन्छ । गुणस्तरीय युपिएस अस्पताल र सप्लायर्स कम्पनि दुबैलाई आवश्यक पर्छ । त्यसैले यसप्रति ख्याल गर्नुपर्छ ।
कतिपय अवस्थामा सहि र राम्रो काम गर्ने सामानको मूल्य अलि धेरै पनि पर्न सक्ला । तर त्यसबाट प्राप्त हुने आउटपुट राम्रो हुन्छ । जस्तोः रातको बिरामीलाई युपिएसबाट अक्सिजन चलाइएको छ र कुनै कारण युपिएस बिग्रिएर करेन्ट पास नभएमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन्छ । त्यसैले हेल्थ केयर सिस्टममा गुणस्तरीय युपिएसको निकै ठूलो महत्व छ ।

प्रतिक्रिया दिनुहोस्