Logo
|
Thursday 25th April 2024
Logo

epaper

ब्रेकियल प्लेक्सेस सर्जरी किन गर्ने ?



डा.अमित थापा/ वरिष्ठ न्युरो सर्जन

स्नायु तन्त्रको त्यो भागलाई ब्रेकियल प्लेक्सेस ( Brachial Plexes ) भनिन्छ जसले हाम्रो हात चलाउँछ । हात अन्तर्गत कुम, कुहिना र हत्केला पर्छ । यसलाई चलाउने नसाहरु घाँटी नजिकैको मेरुदण्डबाट निस्केर हातमा जाने नसाहरुको जुन तन्त्र हुन्छ त्यसलाई ब्रेकियल प्लेक्सेस भनिन्छ ।
प्रायः बे्रकियल प्लेक्सेस इन्जुरीहरु १३ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई पाइएको छ । प्रायःजसो यो पोस्टम्याटिक चोटपटक, पोलिट्रमा (धेरै ठाउँमा चोटपटक) भएका बिरामीहरुमध्ये १ दशमलब २ प्रतिशतमा ब्रेकियलप्लेक्सेस इन्जुरी हुने गर्छ । नवजात शिशुहरु नर्मल जन्माउँदा सामान्य नजन्मिएर तान्नुपर्दा ब्रेकियलप्लेक्सेसमा चोट लागेर हात चल्दैन । यसलाई अब्स्ट्रक्टिभ ब्रेकियलप्लेक्सेस पाल्सी भनिन्छ ।
ब्रेकेल प्लेक्सेसको महत्व
सेन्ट्रल नर्भस् सिस्टम र पेरिफेरल नर्भस् सिस्टम गरी मस्तिष्कतन्त्रलाई २ भागमा विभाजन गरिएको हुन्छ । सेन्ट्रल नर्भस् सिस्टममा ब्रेन र स्पाइनल कर्ड पर्छन् । पेरिफेरल नर्भस् सिस्टम भनेको ब्रेकियल प्लेक्सेसहरु जसले हात, खुट्टा चलाउँछन् ।
सेन्ट्रल नर्भस् सिस्टममा चोट लागेर नसाहरु मरिसकेका छन् भने ति रि—जेनेरेट हुँदैनन् । तर पेरिफेरल नर्भ सिस्टमअन्तर्गत ब्रेकियल प्लेक्सेसमा चोट लागेमा रि—जेनेरेट अर्थात आफैं पनि निको हुने केही सम्भावना रहन्छ ।

कतिपय चिकित्सकहरुले ब्रेकियल प्लेक्सेस इन्जुरी भएका बिरामीहरुलाई शारीरिक व्यायाम, फिजियोथेरापी गर्ने र यसबाट आफैं समस्या निको हुँदै जान्छ भनेर सल्लाह दिएको पाइन्छ । तर हामीले बुझ्नुपर्ने के हो भने ब्रेकियल प्लेक्सेस इन्जुरीमा एउटा चोट मात्र लाग्ने भन्ने हुँदैन । यसमा थरी थरीका चोट लाग्छन् । चोटको मेकानिजम कस्तो छ ? चोट लाग्दा बिरामीको हात कतातिर फर्किएको थियो ? के समातिरहेको थियो ? जस्ता कुराले पनि निकै प्रभाव पारिहेको हुन्छ । चोटको प्रकार फरक फरक हुने गर्छ ।
ब्रेकियल प्लेक्सेस इन्जुरी लागेका कतिपय बिरामीहरुको तीन हप्तादेखि ३ महिनासम्म सुधार देखिन्छ । यदि यो समयसम्म सुधार नभएका बिरामीहरुको सुधार हुने सम्भावना निकै न्युन हुन्छ ।

यसरी ३ महिनापछि पनि सुधार नहुने कारण के हो भने नसाले मासुलाई सप्लाई गर्न छोडेको एक डेढ वर्षपछि मासु आफैं कुहिन थाल्छ । यसलाई डिनर्भेसन एट्रोफी भनिन्छ । यो बत्ती नआएमा बल्ब फ्यूज भएजस्तै हो । एकपटक बल्ब फ्युज भएपछि जतिनै बत्ती आएमा पनि बत्ति बल्दैन । त्यसैले ब्रेकियल प्लेक्सेस इन्जुरीमा निश्चित समयभित्र शल्यक्रिया गर्न जरुरी हुन्छ । अन्यथा प्यारालाईसिस हुनसक्ने प्रवल सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्