के हो थ्रोम्बोलाइसिस ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-03-22 04:46:03

न्युरो सर्जन र न्युरोलोजिस्टबीच टिमवर्कको भुमिका
मेडिकल र सर्जिकल उपचारमा न्युरोलोजिष्ट र न्युरोसर्जनको समन्वययात्मक भूमिका आवश्यक पर्छ । प्री—अपरेशन र पोष्ट—अपरेशनमा न्युरोलोजिष्टको भुमिका धेरै हुन्छ । शल्यक्रिया गर्ने कि नगर्ने भन्ने निर्णयदेखि शल्यक्रिया गरिसकेपछि गरिने सम्पूर्ण उपचारमा न्युलोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ ।
जस्तोः थ्रोम्बोलाइसिस गरेको मस्तिष्कघातको बिरामीलाई कम्प्लिकेसन आएमा शल्यक्रियाको जरुरत पर्छ । यदि थ्रोम्बोलाइसिसबाट बिरामीको समस्या समाधान हुने भएमा सर्जरीको जरुरत नपर्नसक्छ । त्यसैले हाम्रो पहिलो जिम्मेवारी बिरामीको ज्यान बचाउने हो । त्यसैले बिरामीको उचित उपचारमा ध्यान केन्द्रित गर्नुपर्छ । प्री—सर्जिकल मूल्यांकन र पोष्ट—सर्जिकल मूल्यांकन गरी बिरामीको उपचार र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । यसमा फलोअपको भूमिका पनि ठूलो छ ।
कस्ता केसहरु आउँछन ?
टाउको दुख्ने, इपिलेप्सी, पेरिफेरल न्युरोप्याथी (हातखुट्टा झमझम गर्ने), मेनिन्जाइटिस, नसा खुइलिने, सेन्ट्रल र पेरिफेरल नर्भ सिस्टम भित्र मल्टिपल स्ल्कोरोसिस, न्युरो इन्फेक्सनका समस्या लिएर आउने बिरामीको चाप धेरै हुन्छ । त्यसमध्ये टाउको दुःखाइको समस्या लिएर आउनेहरुको संख्या उच्च हुने गरेको छ ।
टाउको दुःखाई के हो ?
माइग्रेन, क्लस्टर, तनाव आदिले दुख्ने टाउको दुखाइलाई प्राइमरी हेडेक (टाउको दुखाइ) भनिन्छ । तनाव र क्लस्टरका कारण टाउको दुखाइ लिएर धेरै बिरामी आउने गर्छन् । स्टर हेडेक
क्लस्टर हेडेकमा टाउको दुःख्ने र आँखाबाट आँसु आउने जस्ता समस्या देखिन्छन् । यस प्रकारको समस्यामा शरीरको रक्तचाप र मुटुको धडकनमा परिवर्तन आउँछ ।
माइग्रेन
माइग्रेन समस्यामा टाउको दुःख्छ । यस्ता बिरामी चिकित्सकको फलोअप उपचारमा रहनुपर्छ । माइग्रेनबाहेक अरु कारणले पनि टाउको दुःख्नसक्छ । त्यसैले यसप्रति निकै ध्यान दिनुपर्छ । डायग्नोसिस र चिकित्सकीय परामर्श महत्वपूर्ण हुन्छ ।
उपचार
टेन्सन, माइग्रेन र क्लस्टरका कारण हुने टाउको दुःखाइको मेडिकल उपचार हुन्छ । सम्बन्धित चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ ।
इपिलेप्सी
विभिन्न कारणले मस्तिष्कमा आवश्यक भन्दा बढी इलेक्ट्रिकल करेन्ट उत्पादन भएर व्यक्ति मुर्छा पर्ने समस्यालाई इपिलेप्सी भनिन्छ । धेरैजसो अवस्थामा यो मेडिकल उपचारबाट निको हुन्छ । करेन्ट उत्पादन भएको कारण र स्थान पत्ता लागेमा सर्जरी पनि गरिन्छ ।
इपिलेप्सीले नर्मल टिस्युलाई पनि एब्नर्मल बनाउँछ । त्यसकारण यसलाई शुरुको अवस्थामा नियन्त्रण गर्नुपर्छ । ७० देखि ८० प्रतिशतमा सिङ्गल ड्रग थेरापीबाट नियन्त्रण हुन्छ ।
पेरिफेरल नर्भ
हातखुट्टा झमझम गर्ने, पोल्ने, लाटो हुने, चल्न नसक्ने आदि पेरिफेर नर्भको समस्याका कारण हुनसक्छ । नेपालमा सबैभन्दा बढि मधुमेहको कारणले भएको पाइएको छ
मेनिन्जाइटिस
मेननिन्जाइटिस मस्तिष्कमा हुने संक्रमण हो । यो भाइरसले हुनसक्छ । ब्याक्टेरियाले पनि भएको पाइएको छ । व्याक्टेरियाबाट भएएको मेनिन्जाइटिसमा चिकित्सकको सिफारिसमा एन्टिवायोटिकको प्रयोग गरिन्छ । क्षयरोगका कारण हुने मेनिन्जाइटिसमा चिकित्सकको जाँच र निगरानीमा आवश्यक औषधिको डोज पुरयाउनुपर्छ ।
के हो थ्रोम्बोलाइसिस ?
ब्लक भएको मस्तिष्कको नसा खोल्न प्रयोग हुने औषधि थ्रोम्बलाइसिस हो । स्केमिक मस्तिष्कघात भएको बिरामी ४ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस औषधि उपचारबाट निको पार्न सकिन्छ ।

त्यो भन्दा बढी समय भएमा ब्लक भएको नसा खोल्न सकिदैन । नेपाल मेडिसिटीमा एक वर्षको अन्तरालमा १५ ओटा थ्रोम्बलाइसिस केस गरिसकेका छाँै । एक्कासी अनुहार बाँगियो, बोली लरबरायो, हात लुलो भएमा मस्तिष्कघात भएको बुझ्नुपर्छ । अनुहार, हात र बोलीबाट मस्तिष्कघात पत्ता लगाउन सकिन्छ । थ्रोम्बलाइसिस गरेको ९० दिनभित्र मानिस पूर्ण रुपमा निको हुन्छ ।
(डा. पोखरेल भैँसेपाटीस्थित नेपाल मेटिसिटीमा न्युरोलोजी युनिटको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले न्युरोलोजीमा डीएम गर्नुभएको छ । साथै काठमाडाँै युनिभर्सिटीमा एसोसियट प्रोफेसर हुनुहुन्छ । )

    Comment Here!