Logo
|
Friday 19th April 2024
Logo

epaper

यसकारण आवश्यक छ भिटामिन डी



हाम्रो शरीरमा अत्यावश्यक भिटामिनमध्ये एक हो भिटामिन डी । भिटामिन डी दाँत र हड्डीका लागि एकदमै आवश्यक हुन्छ । जसले शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाएर हड्डी बलियो बनाउनुका साथै रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ । मोटोपन, मधुमेह, मुटुरोग आदिबाट जोगिन पनि पनि भिटामिन डीको उपयोग गर्न आवश्यक छ ।

हाम्रो शरीरमा अत्यावश्यक भिटामिनमध्ये एक हो भिटामिन डी । भिटामिन डी दाँत र हड्डीका लागि एकदमै आवश्यक हुन्छ । जसले शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाएर हड्डी बलियो बनाउनुका साथै रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ । 

कमी भएमा…
भिटामिन डीको कमी हुँदा हाम्रो शरीरमा विभिन्न समस्या देखिन्छन् । थकाइ ज्यादा लाग्ने, जोर्नी दुख्ने, हड्डी कमजोर हुने र कतिपय अवस्थामा हड्डी कमजोर भएर चर्किनेसमेत हुन्छ । त्यस्तै, बालबालिकाको शारीरिक वृद्धि–विकासमा असर पर्ने हुन्छ ।

गर्भवती महिलामा भिटामिन डीको कमी हुँदा गर्भमा रहेको बच्चामा असर पर्छ ।

जन्मिने बच्चा अपांग हुने सम्भावना रहन्छ ।

भिटामिन डीको कमीले गर्धन दुख्ने समस्या हुन्छ । साथै, महिलामा भिटामिन डीको कमी भएमा रजस्वलापछि समस्या देखिने हुन्छ ।
समाधान
भिटामिन डीको प्रमुख स्रोत बिहानको घाम हो । विशेषगरी, सहरी क्षेत्रका मानिस व्यस्तता, प्रतिकूलतालगायत विभिन्न कारणले यसबाट वञ्चित हुने गरेको पाइन्छ । यसले गर्दा भिटामिनको कमी हुने गरेको छ । त्यसैले, यसबाट बच्न सकभर बिहानको घाम ताप्ने गरौँ ।

दूध, अन्डा, माछा, च्याउ आदि पनि भिटामिन डीका स्रोत हुन् । त्यसैले, यस्ता पोषणयुक्त खानेकुरा नियमित रूपमा खानुपर्छ ।

समय–समयमा भिटामिन डीको जाँच गर्न आवश्यक छ । कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्न सकिन्छ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्