Logo
|
Thursday 25th April 2024
Logo

epaper

चोटपटकबाट हुने मेरुदण्ड पक्षघात



 


गर्धन, ढाडमा चोटपटक लागेर स्नायुका नसाहरुले काम नगरेर हात, खुट्टा कमजोर हुने वा नचल्ने अवस्थालाई मेरुदण्ड पक्षघात भनिन्छ ।
कारण
मेरुदण्ड पक्षघात साधारण चोटपटक लागेर हुने अवस्थालाई बुझाउँछ । तर अरु विभिन्न कारणले गर्दा पनि यस्तो हुनसक्छ । जस्तै, रगत जम्ने, ट्यमर, डिस्क प्रोलाप्स, संक्रमण आदि । यस लेखमा चाहिँ चोटपटकबाट हुने मेरुदण्ड पक्षघातको बारेमा प्रस्तुत गरिएको छ ।
मेरुदण्डमा चोटपटक लाग्ने कारण धेरै छन् । उचाइबाट खस्नु, सवारी दुर्घटना, झैं—झगडा आदि । नेपालजस्तो देशमा विभिन्न उचाइबाट जस्तै रुख, कान्ला, पहाड आदिबाट खसेर धेरै हुने गर्छ । यो उमेर, भौगोलिक अवस्था र लिङ (जेन्डर) अनुसार पनि फरक हुन्छ ।
लक्षण
मेरुदण्ड पक्षघात भएपछि हुने लक्षणहरु चोट लागको ठाउँको आधारमा निर्भर हुन्छ । जस्तोः गर्दनमा चोट लागेमा चारओटै हातखुट्टा छोएको थाहा नहुने, कमजोर हुने वा नचल्ने हुन्छ । ढाडमा चोट लागेमा खुट्टाहरु मात्र कमजोर हुने वा नचल्ने हुन्छ । यसले दिसापिसाव रोकिने वा गएको थाहा नहुने हुन्छ । दिसापिसाब नियन्त्रण गर्न नसकिने हुन्छ । सास फेर्न गाह«ो हुनसक्छ ।
निदान
मेरुदण्ड पक्षघातको निदान शारीरिक परीक्षणबाट हुन्छ । थप जाँचहरु एक्स—रे, सिटी स्क्यान, एमआरआईको आवश्यकता हुन्छ । एक्स—रे सिटी स्क्यानले मेरुदण्डको हड्डीको चोटलाई देखाउँदैन भने एम.आर.आइ.ले स्पाइनल कर्डको चोट देखाउदैँन । यसबाहेक बिरामीको चोटको प्रकृति अनुसार जाँच परीक्षण आवश्यक हुन्छ ।
उपचार
प्री– हस्पिटल, एक्युट केयर, स्टेप डाउन र रिह्याविलिटेसन (पुर्नस्थापना) गरी मेरुदण्ड पक्षघातको उपचारलाई चार चरणमा बाड्न सकिन्छ । कसैलाई पक्षघात भएको शंका भएमा गर्दन र ढाडलाई नचलाइ दुर्घटना भएको ठाउँबाट एम्बुलेन्सबाट अस्पताल पु¥याउनुपर्छ । सिटी र एमआरआई पछि अपरेशन गर्नुपर्ने वा नपर्ने निक्र्यौल गरिन्छ । अपरेशन गर्नुपर्ने बिरामीका लागि अपरशेन गरिन्छ । अपरशेन गर्नुपर्ने बिरामी र अपरेशन गरिसकेका बिरामीलाई पुनस्र्थापना गर्नुपर्छ ।
जटिलता
मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई शुरु र दीर्घकालीन दुवै अवस्थामा धेरै जटिलताहरु आउनसक्छ । यसको उपचार हुन्छ । मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई न्युमोनिया, पिसाब संक्रमण, बेडसोर (घाउ) जस्ता समस्या हुनसक्छ । मांशपेशी कडा हुने जोर्नीहरु जाम हुने, डिप्रेसन, मनमा खिन्नता हुने, निराशा, उदाशीपना पनि देखिनसक्छ । यस्ता बिरामीहरुलाई यौन समस्या हुन्छ ।

विकसित देश र नेपालमा उपचारको भिन्नता
अरु देशमा धेरै जसो सवारी दुर्घटनामा मेरुदण्डको पक्षघात हुन्छ । विकसित देशहरुमा निदान र उपचारका धेरै प्रविधिहरु उपलब्ध छन् । विकसित देशमा प्री—हस्पिटल केयर राम्रो छ । सरकारले उपचार ब्यहोर्छ । मेरुदण्ड पक्षघातको उपचार र पुनस्र्थापना गर्ने ब्यापक केन्द्र उपलब्ध छन् । तर नेपालमा यस्ता सुविधा भएका केन्द्रहरु कमै छन् । मणिपाल मेडिकल कलेजमा ढाडको सम्पूर्ण अपरेशनहरु गर्ने सुबिधा छ । हरियो खर्क अस्पतालमा यस्ता बिरामीको पुर्नस्थापनाको लागि उपयुक्त व्यवस्था छ ।
रोकथामका पक्ष
उपचार जति जटिल छ रोकथाम सजिलो छ । सुरक्षित रुपले काम गर्ने, रुख चढ्न कम गर्ने, सवारी दुर्घटना न्युनिकरण गर्ने, उपचारको लागि केन्द्रहरुको विकास गर्ने आदि ।
सरकारी पक्षबाट हुनुपर्ने पहल
सरकारी पक्षबाट यसको रोकथामका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउनुपर्छ । प्री—हस्पिटल केयर राम्रो हुनुपर्छ । स्पाइनल इन्जुरी केन्द्रहरु विकास गरेर उच्चस्तरको उपचार प्रदान गर्ने व्यवस्था हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्