Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मिर्गौलाको पत्थरीको उपचारमा संसारकै पछिल्लो प्रविधि आरआईआरएस ओम अस्पतालमा पनि



ओम अस्पतालले मिर्गौलाको पत्थरीको उपचारका लागि संसारमै सबैभन्दा कान्छो मानिएको प्रविधि आरआईआरएस भित्र्याएको छ । यस प्रविधिबाट अस्पतालले सेवा समेत प्रदान गरिरहेको छ । दुरबीनको सहायताले मिर्गौलाको पत्थरी निकाल्ने शल्यक्रिया (रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी आरआईआरएस) सेवा ओम अस्पतालमा केहि समयअघि मात्र सञ्चालनमा आएको हो । युरोलोजी बिभागमा वरिष्ठ युरो सर्जन प्रा.डा. भोलाराज जोशीको नेतृत्वमा अत्यन्त दक्ष तथा अनुभवि युरोलोजिष्ट डाक्टरहरुको टोलीले यो प्रोसिजर शुरु गर्नुभएको ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिनुभएको छ । मिर्गौलाको पत्थरी झिक्ने विभिन्न पद्धतीमध्ये आरआईआरएस सबैभन्दा पछिल्लो र प्रभावकारी मानिन्छ । यो पद्धतीबाट शल्यक्रिया गर्दा न बिरामीको पेट चिर्नुपर्छ न त प्वाल नै पार्नुपर्छ । युरो सर्जन प्रा.डा. जोशी भन्नुहुन्छ ‘यो पद्धतीमा मुत्र नलिबाट मसिनो दुरबीनसहितको तार जस्तो उपकरण मिर्गौलाको पत्थरी भएको भागसम्म पठाउने र पत्थरीलाई लेजर प्रविधिबाट टुक्रा पार्ने र त्यहि मसिनो नलिबाट पत्थरी बाहिर झिक्ने गरिन्छ । घाउ हुने तथा रगत बहने अवस्था नै नआई गरिने शल्यक्रिया भएकोले बिरामी पत्थरी झिकेको केही घण्टामै सामान्य अवस्थामा आउछ । दोस्रो दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्छ ।’ उहाँले थप्नुभयो मिर्गौलाको पत्थरी झिक्ने यो पद्धती संसारकै सबैभन्दा ‘लेटेष्ट’ हो। विकसित देशमा यो पद्धती आएको केही बर्ष मात्र भएको भन्दै उहाँले नेपालमा पनि यो प्रविधि भित्रिएको धेरै नभएको बताए । ‘यो प्रविधि आम सर्वसाधारणको पहुँचमा छैन । अर्थात खर्चको हिसावले महंगो छ । तर ओमले सर्वसाधारणलाई लक्षित गरी तुलनात्मक रुपमा निकै सस्तोमा यो सेवा सुरु गरेको छ,’ । प्रा.डा. जोशीले यो पद्धतीबाट १५ एमएम सम्मको पत्थरी झिक्न सकिने जानकारी दिनुभयो । उहाँले बिरामीले शल्यक्रिया गरेको केही घण्टाबाटै सामान्य खाना खान सक्ने, हिडडुल गर्न सक्ने र तेस्रो चौथो दिनबाट दैनिक कार्यसमेत सञ्चालन गर्न सक्ने अवस्थामा पुग्ने बताउनुभयो । ‘यो शल्यक्रिया नै हो तर यसमा न चिरेर घाउ बनाइन्छ । न प्वाल पारिन्छ । त्यसैले बिरामीले केही घण्टामै नर्मल अवस्थामा आउछन् । तर एनेस्थेसिया दिइएको हुनाले २४ घण्टा निगरानीमा राख्नुपर्छ । नत्र उहि दिन घर जान पनि सकिन्थ्यो’ डा.जोशीले थप्नुभयो। बिकसित देशहरुमा यो पद्धती अत्यन्त मंहगो भएपनि आम नेपाली तथा सर्वसाधारणको पहुँचमा पुर्याउन ओम अस्पतालमा तुलनात्मक रुपमा न्युन शुल्क लिएको प्रा.डा जोशीले बताउनुभएको छ । अस्पतालका मेडिकल निर्देशक डा.केपि देवकोटाले आम सर्वसाधारणको पहुचमा उच्चस्तरीय प्रविधि सहितको उपचार सेवा दिलाउने प्रयास स्वरुप ओम अस्पतालले आरआईआरएस सेवा सुरु गरेको बताउनुभयो । ‘यो सेवा अत्यन्त महंगो पर्ने सेवा हो तर ओम अस्पतालले आम सर्वसाधारणको पहुचमा पुरयाउन न्युनतम शुल्कमा यो सेवा सुरु गरेको छ ।’ मेडिकल निर्देशक डा देबकोटाले भन्नुभयो, ‘यसले विरामी र परिबारलाई लामो समय अस्पतालमा बस्नुपर्ने झन्झट, घाउमा संक्रमण हुने डर, रक्तश्राव हुने डर सबै रोकेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्