Logo
|
Wednesday 24th April 2024
Logo

epaper

न्युरो सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौंमा हुँदै



नेपालमा न्युरो सर्जनहरुको तीन दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ । काठमाडौंको ह्यात रिजेन्सी होटलमा चैत्र २१ देखि २३ गतेसम्म हुने यस सम्मेलनमा १२ भन्दा बढी राष्ट्रका विदेशी तथा स्वदेशी न्युरो सर्जन, न्युरोलोजिष्ट, न्युरो नर्स र फिजियोथेरापिष्ट गरी १ सय ५० भन्दा बढीको सहभागिता रहनेछ ।

यसमा मस्तिष्क, नशा तथा मेरुदण्ड सम्बन्धि रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धानसम्बन्धि बिचार आदानप्रदान हुनुका साथै संसारमा भएका नवीनतम प्रविधिहरुको विकास, न्युरो सम्बन्धि समस्याको निदान र उपचारको विषयमा उच्चस्तरीय छलफल हुँदैछ । यस सम्मेलनबाट विदेशी विज्ञहरुलाई नेपालको न्युरो सर्जरीको अवस्था अन्तर्राष्ट्रियस्तरको रहेको महसुस गराउन पनि यस सम्मेलनले महत्वपूपर्ण भूमिका खेल्ने नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन्स) का अध्यक्ष प्राध्यापक डाक्टर मोहन राज शर्माले बताउनुभयो । विदेशको तुलनामा नेपालमा निकै सस्तोमा न्युरो सर्जरी सेवा उपलब्ध भइरहेको छ । अमेरिकामा ४५ हजार डलर खर्च हुने एन्युरिजमको शल्यक्रिया नेपालमा २ हजारमा उपलब्ध हुने गरेको अध्यक्ष प्रा.डा.शर्माले जानकारी दिनुभयो ।

नेपालको जनसंख्याको तुलनामा न्युन न्युरो सर्जनहरु रहेका छन । अमेरिकामा १ लाख जनसंख्याका लागि एउटा न्युरो सर्जन उपलब्ध भएको उल्लेख गर्दै नेसोन्सका महासचिव एवं वरिष्ठ न्युरो सर्जन डा. प्रवीण श्रेष्ठले नेपालमा करिब ३० लाख जनसंख्या बराबर एक जना न्युरो सर्जन रहेको बताउनुभयो । हाल मुलुकमा करिब ८० जना न्युरो सर्जन रहेका छन् । पछिल्लो समय राजधानीबाहिर चितवन, बिराटनगर, पोखरालगायतका ठाउँहरुबाट पनि न्युरो सर्जरी सेवा उपलब्ध भइरहेको छ ।
सम्मेलनको पहिलो दिन न्युरो सर्जरी सम्बन्धि अन्तर्राष्ट्रिय महासंघ वल्र्ड फेडरेसन अफ न्युरो सर्जिकल सोसाइटिज साइन्सेस (डब्लुएफएनएस) को एजुकेशन कोर्ष नेपालमा पहिलोपटक हुँदैछ । यसमा १ सय १९ भन्दा बढी देशका राष्ट्रिय संस्थाहरु र २० हजार भन्दा बढी न्युरो सर्जनहरु आबद्ध छन् । यस कोर्षमा अष्ट्रेलिया, चाइना, पोर्चुगल, जापान, भारत र अष्ट्रिया गरी १० विदेशी र नेपाली ४ फ्याकल्टीले न्युरो सर्जरीसम्बन्धि विशेष कार्यपत्र प्रस्तुत गर्ने सम्मेलनको साइन्टिफिक कमिटीका अध्यक्ष डा.कृष्ण शर्माले जानकारी दिनुभयो । सम्मेलनमा स्वदेश र विदेशमा तालिम लिइरहेका र हालै तालिम सकेका युवा न्युरो सर्जनहरुलाई प्रोत्साहन गर्न योङ इन्भेष्टिगेटर अवार्ड प्रदान गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्