Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारी चिकित्सकको आन्दोलन स्थगित,



अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।
सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन स्थगित गरेको हो ।
सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले सरकारले दुई साताभित्र चिकित्सकका माग पूरा गराउन समयसीमा मागेकाले हाललाई आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।
गोदानले आन्दोलन स्थगित गरेसँंगै सबै सरकारी चिकित्सक काममा फर्केका छन् । हाल सरकारी सेवामा देशभर एक हजार ४०० चिकित्सक छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी चिकित्सकले दुई साताका लागि आन्दोलन स्थगित गरेको जानकारी दिँदै यो बीचमा चिकित्सकका माग पूरा गर्न मन्त्रालयले गृहकार्य गर्ने बताउनुभयो ।
सरकारी चिकित्सक सङ्घले सम्पूर्ण चिकित्सकलाई सङ्घ अन्तर्गत राखेर देशभर खटाउनुपर्ने मुख्य माग राखेर आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्