Logo
|
Thursday 25th April 2024
Logo

epaper

सकारात्मक सोचले सकारात्मक नतिजा



 

तपाईंको व्यवहार, मान्यता र दृष्टिकोण नै सफलताको कोरा कागज हो । सकारात्मक सोचेर नै हरेक कुरा हासिल गर्न सम्भव छ । तर, सकारात्मक सोचले मात्रै सफलताको ग्यारेन्टी दिँदैन । यो तपाईंको एक्सन प्लानका लागि सहायकसिद्ध हुन्छ । कहिल्यै विकल्प हुँदैन । तपाईंको सकारात्मक कदम र सकारात्मक सोचको संयोजनबाट निस्कने नतिजा सफलता हो ।

 इच्छाविरुद्ध सीप 
प्राविधिक सीप सफलताका लागि महत्वपूर्ण  छ । सीपले नै तपाईंलाई करिअरको शिखरमा लैजान्छ । तर, सीपभन्दा धेरै भूमिका तपाईंभित्र लुकेकोे इच्छाशक्तिको हुन्छ । तपाईंसँग सीप भएर पनि सफलता हासिल गर्नका लागि इच्छाशक्ति भएन भने त्यो निरर्थक हुन्छ । यी दुईबीचको सम्बन्ध बनाएर धेरै समस्या समाधान गर्न सकिन्छ । मानिसको सीपमा कमी भयो भने उनीहरूले सफलताको स्वाद चाख्न पाउँदैनन् । त्यसैले सीप बढाउनका लागि इच्छाशक्ति चाहिन्छ । सबै मानिस सफल हुन चाहन्छन् । तर, कमैले मात्र सफलताको तयारीका लागि मूल्य तिर्ने इच्छा देखाउँछन् ।

 बिक्री 
सफलता तपाईंले आफूलाई कसरी बिकाउन सक्नुहुन्छ भन्ने क्षमतामा पनि भर पर्छ । इमानदारी र विनम्रता यसका लागि महŒवपूर्ण हतियार हुन् । र, यो रणनीति होइन, बरु जीवनको महत्वपूर्ण  मान्यता हो । हामीले गरेका वाचा र हामीभित्रको प्रतिबद्धताबीचको फरक बुझेर मात्रै हामी सफल हुन सक्छौँ ।

 चरित्र 
हामीमध्ये धेरैलाई नकारात्मक सोच्ने बानी परिसकेको छ । हामी जस्तो छौँ, त्यस्तै देखिन्छौँ । त्यसैले राम्रो बानीको विकास गरौँ । राम्रो व्यवहार गरौँ । आफ्नो इमान र प्रतिष्ठालाई महत्व दिऊँ र मुख्य रूपमा आफ्नो चरित्रलाई । हामीले आफ्नो मूल्य आफैँ बनाउने हो ।
 विद्यार्थीका हकमा 
तपाईंले परीक्षामा ल्याएको अंकलाई मात्रै महत्व  नदिनुस् । परीक्षामा फेल हुनु र जीवनमा फेल हुनु एउटै हो भन्ने भ्रम त्याग्नुस् । युवापुस्ताले संसार धेरै प्रतिस्पर्धात्मक छ भन्ने बुझेको छ । अब सोच्नुहोस्, सफलता आज पनि सहज छ र अवसरहरू धेरै छन् । त्यसैले पुरानो कुराको चिन्ता नगर्नुस् । कडा मिहिनेत गर्ने इच्छाशक्ति निर्माण गर्नुस् । सबै ठीक हुनेछ ।

 यी विषयमा ध्यान दिनुस् 
गलत बुझाइमाथि प्रतिबन्ध लगाउनुस्, किनकि तपाईंले यसको डरलाग्दो मूल्य तिर्नुपर्ने हुन्छ । प्रतिशोधले सामूहिक प्रयास ध्वस्त गर्न सक्छ । आफ्नो लक्ष्य निर्धारण गर्नुस् । यसले तपाईंलाई कहाँ जाँदै छु भन्ने जानकार गराउँछ । दृष्टिकोण तय गर्नुस् । यसले तपाईंले नदेखिने कुरा देख्न सक्ने क्षमता विकास गर्छ । तपाईंले असम्भव कुरालाई हासिल गर्न सक्नुहुन्छ । विश्वसनीयता र इमानदारिताले संस्थालाई धेरै फाइदा पु¥याउँछ । सम्मानित हुनुभन्दा सम्मानको लायक हुनु राम्रो हो । कहिल्यै हरेस नखानुस् ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्