Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ सम्पन्न



नेपालमा भएको प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन – २०१९ भव्यताका साथ सम्पन्न भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल, र ईन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा अप्रिल २० र २१ मा सो सम्मेलन काठमाडौंमा भएको थियो ।

‘ब्रिजिङ द ग्याप’ भन्ने नारा दिइएको सो सम्मेलनको उद्घाटन माननीय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गर्नुभयो । अंगप्रत्यारोपण क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रसंसा गर्दै मन्त्री यादवले अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो समेत देखिएको स्पष्ट पार्नुभयो । मिर्गौला प्रत्यारोपण क्षेत्रमा नेपालले हाँसिल गरेको उपलव्धी गर्व गर्न लायक छ ।

पूर्व स्वास्थ्य मन्त्री सांसद खगराज अधिकारी भन्नुहुन्छ—‘अंग प्रत्यारोपण क्षेत्रमा राज्यले गरेको लगानी अनुरुप प्रतिफल सकरात्मक पाईएको छ ।’

सम्मेलन आयोजक समितिका संयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नविनतम प्रविधि, ज्ञान सीपको आदानप्रदान गर्न सम्मेलन महत्वभूर्ण छ ।

नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् । अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दुरी कम गर्न सम्मेलन महत्वपूर्ण छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रस्तुत गरेको कार्यपत्र अनुसार, केन्द्रले ६ बर्षको अवधिमा ६०१ को मिर्गौला प्रत्यारोपण गरेको र ९९ प्रतिशत सफलता हाँसिल गरेको छ । केन्द्रले नेपालमै पहिलो पटक ४ जनाको कलेजो सापल प्रत्यारोपण गर्यो । ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको छ ।

कार्यक्रममा इन्डियन प्रत्यारोपण समाजका अध्यक्ष डा. सन्दीप गुलेरिया, वरिष्ठ युरालोजिष्ट प्रा.डा. राकेश बर्मा, मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ लगायतले प्रत्यारोपणको क्षेत्रमा भएको उपलब्धीको तारिफ गर्नुभयो । ‘ब्रिजिङ द ग्याप’ भन्ने नारा दिईएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रह्यो ।

सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञले भाग लिएका थिए । यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धितव्यक्तिहरु, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता थियो । साथै प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका प्रमुख र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको थियो ।

सो दुई दिने सम्मेलनमा शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठ, अंगप्रत्यारोपण समाज नेपालका अध्यक्ष डा. निरज गोबिन्द जोशी र ईन्डियन अंग प्रत्यारोपण समाजका अध्यक्ष प्रा.डा. सन्दिप गुलेरियाले अध्यक्षताको भुमिका निर्वाह गर्नुभएको थियो । साथै उक्त कार्यक्रमको साइन्टिफक कमिटिको अध्यक्ष प्रा.डा. राकेस कुमार बर्मा, हस्पिटालिटी तथा तथा लजिस्टिक कमिटिको अध्यक्षमा डा. कल्पना कुमारी श्रेष्ठ लगायत सो सम्मेलनको सदस्य सचिव डा. सुमित आचार्य तथा सह सचिवमा इन्डियन अङ्ग प्रत्यारोपण समाजबाट डा. बिवेक कुटे हुनुहुन्थ्यो ।

सम्मेलनका अन्य सदस्यहरुमा प्रा.डा. गुण कुमार श्रेष्ठ, डा. दिलिप शर्मा, प्रा.डा. गोपी अर्याल, प्रा.डा. राजिव झा,डा. दिपेश लाल गुरुवाचार्य प्रा. डा बिश्वास प्रधान, डा. सुवास प्रसाद आचार्य, डा. यादब देब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु के.सि., डा. बिषेश पौडेल, डा. अनिल बराल, डा. कल्पना श्रेष्ठ, डा. सुमित आचार्य, डा. आरती राई, डा. कर्ण राजबंशी, डा. निभा श्रेष्ठ, डा. बिनिता जोशी, डा. संजित कृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ लगायतका चिकित्सकहरु रहनु भएको थियो । त्यसै गरि कार्यक्रमको सल्लाहकारहरुमा प्रा.डा. आई.एल. आर्चाय, प्रा.डा. बिश्व राज जोशी, प्रा.डा. सुबोध अधिकारी, प्रा.डा. बि.डि. झा, प्रा.डा. सन्तोषमान श्रेष्ठ, प्रा.डा. बसन्त पन्थ र प्रा.डा. पवन कुमार सुल्तानिया हुनुहुन्थ्यो ।

सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्बन्धि बिशुद्ध प्राबिधिक बिषयहरुमा छलफल भयो भने दोश्रो दिन नेपालको जिल्ला जिल्लामा समेत जनचेतना अभिबृद्धि गर्ने उदेश्यले बिशेषगरी मष्तिष्क मृत्युबाट हुने अङ्गदान सम्बन्धी छलफल भएको थियो ।

कार्यकमको समापन संघीय मामिला तथा सामान्य पशासन मन्त्री माननीय लाल बाबु पण्डितले गर्नु भएको थियो । समापन समारोहमा बोल्नु हुँदै मन्त्री पण्डितले नेपालले प्रत्यारोपण क्षेत्रमा प्रगति गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रत्यारोपण क्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्