Logo
|
Friday 29th March 2024
Logo

epaper

धनकुटाको छथरजोरपाटीमा ५ सय ५० को क्यान्सर परीक्षण



धनकुटाको छतरजोरपाटीमा ५ सय ५० महिला र पुरुषको क्यान्सर परीक्षण गरिएको छ । पाठेघरको मुखको क्यान्सर पहिचानका लागि ३५० जना महिलाको प्याप स्मेयर परीक्षण गरिएको छ । यीमध्ये २० जना महिलाहरुमा रिङ प्रेसरी राखियो भने २०० पुरुषहरुको सामान्य क्यान्सर गरिएको छ । छतरजोरपाटीमा रहेको सगरमाथा बोर्डिङ र सरस्वती मा. वि.मा २०० विद्यार्थीहरुलाई सामान्य क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थबारे सचेत गराइएको छ । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्की लगायत १८ जनाको स्वास्थ्य टोलीले सो सेवा दिएको हो ।
नेपाल अर्बुद रोग निवारण संस्थाले छथरजोरपाटी गाउँपालिकासँगको सहकार्यमा वृहत क्यान्सर परीक्षणको आयोजना गरिएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ (ईश्वर) भन्नुहुन्छ—‘ अत्याधिक मात्रामा तयारी खाद्य पदार्थको प्रयोगले झन् क्यान्सर रोग बढ्नमा प्रमुख कारण भएकाले यसको प्रयोग नगर्न सबैलाई आग्रह गर्दछु । ’ छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले यस कार्यक्रमबाट महिलाहरुमा हुने क्यान्सर समयमै पत्ता लगाई उपचार गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्