Logo
|
Thursday 28th March 2024
Logo

epaper

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्राविधिक कर्मचारीको स्थायी प्रक्रिया शुरु



भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु भएको छ । लोकसेवा आयोगमार्फत केन्द्रमा कार्यरत प्राविधिक कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ प्रत्यारोपणबिद् डा. पुकारचन्द्र श्रेष्ठले भन्नुभयो—‘हामीले केन्द्रमा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीहरुलाई लोकसेवामार्फत स्थायी गर्ने प्रक्रिया अघि बढाइसकेका छौं । शुक्रबार लोकसेवा आयोगमार्फत १ सय जना नर्ससहितको आवश्यक प्राविधिक कर्मचारीहरुको स्थायी पूर्तिका लागि सुचना जारी हुँदैछ ।’

अब केन्द्रमा जागिर पाउन प्राविधिक कर्मचारीहरुले अनिवार्य रुपमा नाम निकाल्नुपर्नेछ ।

हाल केन्द्रमा २ सय जनाभन्दा बढी प्राविधिक कर्मचारीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्