Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पक्षघात पश्चात फिजियोथेरापीले जीवन परिवर्तन गर्नसक्छ



ललितपुरको भैँसिपाटिस्थित नेपाल मेडिसिटी अस्पतालले पक्षघात तथा कम्मर दु:खाइका लागि फिजियोथेरापी विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौ विश्वविद्यालय मेडिकल स्कुल कि प्राध्यापक डा.प्याट्रिसिया इ सुलिभनको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा ५० जना भन्दा बढि फिजियोथेरापिष्टहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुले समेत सहभागिता जनाएका थिए ।
विभिन्न राष्ट्र तथा क्षेत्र कि अनुभवी डा.प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिनुभयो । उहाँले पक्षघात पश्चात फिजियोथेरापीले जीवन परिवर्तन गर्न सक्ने बताउनुभयो ।
नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकि प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले फिजियोथेरापिष्टहरुलाई धेरै टेवा पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्