Logo
|
Friday 19th April 2024
Logo

epaper

सन्दर्भ विश्व औलो दिवसः हिमाली भेग पनि औलोका जोखिम



गर्मी मौसम शुरु भइसकेको छ । अत्यधिक गर्मीका कारण औंलोको व्यापक जोखिम बढ्दै छ । तराई क्षेत्रमा लाग्ने औलो यतिखेर पहाडि र हिमाल भेगमा पनि देखिन थालेको छ ।

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा औलोबाट सजग र सचेत रहन सुझाब दिइयो । हरेक वर्ष अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘आफैबाट शुरु गरौ, औलोलाई शून्यमा पु¥याऔ’ भन्ने मुल नारा दिइएर औंलो न्युनिकरण अभियान शुरु गरिएको छ । औलो संक्रमित लामखुटेको टोकाईबाट व्यक्तिमा लाग्ने औलो सरुवा रोग हो ।

हाल नेपालमा आयातित औलोको संक्रमण उच्च रुपमा देखिएको छ । विश्वमा ४ लाख भन्दा बढी व्यक्ति बर्षेनी औंलोबाट संक्रमित हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यो वर्ष मात्र औलोका कारण ३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/ ७५ को वैशाख महिनासम्म कैलालीमा सबैभन्दा धेरै औलो संक्रमित भेटिएका छन् । र्यापिड डायग्नोस्टिक किटबाट औलो पत्ता लगाउन सकिन्छ । त्यसैले आफूलाई औलोको शंका लागेमा सम्बन्धित स्वास्थ्य संस्थामा गएर रोग पहिचान गरी उपचार गराउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्