Logo
|
Thursday 28th March 2024
Logo

epaper

सन्दर्भः विश्व हाँसो दिवस, जो दिल खोलेर हाँस्छ उ धेरै बाँच्छ



मानिसले आफ्नो शरीर स्वास्थ राख्न कुनै नै कुनै उपाय अपनाइरहेका हुन्छन् । कोहि नियमित शारीरिक ब्यायाम गर्छन् भने कोहि वाक गर्छन् । केहि मानिसहरु आफुलाई स्वास्थ राख्न डाइटिङमा विशेष ध्यान दिन्छन् । तर शरीर स्वास्थ राख्न यसका साथै हाँस्न पनि अत्यन्त जरुरी हुन्छ । हाँसोले तनाव कम गर्न र स्वास्थ रहन मद्धत पु¥याउछ ।
के तपाई चिन्तामा हुनुहुन्छ ? सधैँ उदास महशुस गरिरहनुभएको छ ? के तपाई जीवनमा स्वास्थ र खुसि हुन चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने लाफ्टर योगालाई आजैबाट आफ्नो रुटिङमा सामेल गर्नुहोस् ।

लाफ्टर योगा कसरी गर्ने ?
लाफ्टर योग गर्नका लागि कुनै खास आसनमा बस्नु पर्दैन । यो योगा गर्न एकदमै सजिलो छ । तपाई घर, अफिस, घुम्न जादाँ या जुनसुकै समयमा यो योगा गर्न सक्नुहुन्छ । योग सुरु गर्दा पहिला हल्का मुस्कुराउनुहोस् , त्यसपछि विस्तारै हात माथि उठाएर हास्नुहोस् । लाफ्टर योग एक मिनेट देखि २ मिनेट सम्म गर्न सकिन्छ । यो योग ८ वर्षको बच्चा देखि ८० वर्ष सम्मका बृद्धबृद्धाले गर्न सक्छन ।
लाफ्टर योगको फाइदा
हाँस्दा र अरुलाई हँसाउदा मानसिक तनाव कम हुन्छ । साथै शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति पनि बलियो हुन्छ । बैज्ञानिकहरुले भनेका छन् जो खुलेर हाँस्न सक्छ उसको आयु लामो हुन्छ ।
खुलेर हाँस्दा शरीरमा रक्तसञ्चार बढ्छ । पाचन प्रणालीले राम्रो काम गर्छ । खुलेर हाँस्दा फोक्सोको रोग लाग्ने सम्भावना पनि कम हुन्छ । किनकी हाँस्दा फोेक्सो भित्रको दुषित हावा बाहिर आउछ ।
लाफ्टर योग एक एरोबिक एक्सरसाइज हो जसले हाम्रो शरीर र मष्तिष्कमा धेरै अक्सिजन पैदा गर्छ । जसले तपाईको शरीरमा स्फूर्ति ल्याउछ । यो एकमात्र त्यस्तो योग हो जसले शारीरिक, मानसिक र भावनात्मक तनावलाई एकसाथ कम गराइदिन्छ ।
विश्व हाँसो दिवस हरेक वर्ष मे ५ का दिन संसारभर मनाइन्छ । हाँस्न बिर्सेका मानिसहरुलाई हाँस्दा शरीरलाई हुने फाइदा बारे जानकारी दिने उदेश्यले जनचेतनामुलक कार्यक्रम आयोजना गरि मनाइन्छ ।एजेन्सि

प्रतिक्रिया दिनुहोस्