Logo
|
Friday 19th April 2024
Logo

epaper

महिलालाई ९ गुणा बढी हुने लुपस बाथ



आज विश्व लुपस दिवस । हरेक वर्ष मे १० तारेखलाई विश्व लुपस दिवसका रुपमा मनाउने गरिएको छ । लुपस बाथरोगमध्येको एक अटोइम्युन रोग हो । यो महिलाहरुमा धेरै देखिन्छ । पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुने गर्छ । नेशनल बाथरोग सेन्टरकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार, रोग निरोधक शक्तिले शरीरका स्वस्थ्य कोष नष्ट गर्ने समस्या अटोइम्युन रोग हो । यस प्रकारको समस्यामा अल्छी लाग्ने, हातजोर्नी दुख्ने, मुखमा पुतली आकारको दाग देखिने, चिलाउने, खटिरा आउने सूर्यको प्रकाशमा बाहिर निस्कन गारो हुने, कपाल झर्ने जस्ता लक्षण देखिनसक्छ । यसका साथै लुपसले मिर्गौलामा असर गर्ने,रक्तकोषिकाहरुको कमी हुने, टाउको दुःख्ने, मनमा धेरै सोचाइ उब्जिने, कुनै कुराको चाँडो निर्णय लिन नसक्ने, छारे रोग, घरीघरी रिस उठ्ने जस्ता समस्या देखिनसक्छ । यसका साथै लुपसले सुख्खा भएर आँखा रातो देखिने, मुटु रोग एवं फोक्सोमा पानी जम्ने जस्ता जोखिम बढाउँछ ।
लुपसको लक्षण शुरु भएको ३ महिनाबाट एक वर्ष भित्र उपचार हुन सकेमा लुपसबाट नकारात्मक असर न्युनिकरण गर्न सकिने डा. नकर्मीको भनाइ छ ।
नेपालमा कति व्यक्ति लुपसका बिरामी छन् भन्ने एकिन तथ्याङ्क त छैन । तर नेशनल अथ्रराइटिस वर्क ग्रुपले निकालेको तथ्याङ्कले एसियन मुलुकहरुमा प्रति लाख व्यक्तिमा २५ जनालाई लुपसको समस्या हुने देखाएको छ । अमेरिकामा प्रति लाख १५० जना लुपसको समस्या झेलिरहेका छन् । बंगलादेशमा १ लाख १५ हजार लुपसका रोगी रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशमा करिब १० प्रतिशमा बाथरोगको समस्या देखिने गरेको छ ।

नेशनल बाथरोग सेन्टरमा बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी लुपस बाथको उपचार गर्दै

प्रतिक्रिया दिनुहोस्