Logo
|
Saturday 20th April 2024
Logo

epaper

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयोः नर्सिङ्ग क्षेत्रमा आईपर्ने समस्या समाधानबारे चिन्ता



अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०१९ का अवसरमा नेपाल नर्सिङ संघले ‘अ भ्वाइस टु लिड, हेल्थ फर अल’ भन्ने मुल नाराका राजधानीमा भव्य कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष मे १२ तारेखका दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सबका दिन अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसिएन को आव्हानमा मे १२ तारेखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । सो अवसरमा नर्सिङ्ग क्षेत्रमा आईपर्ने समस्या समाधानबारे चिन्ता व्यक्त गरिएको थियो ।

नर्स पेशा आफैंमा उच्च स्तरको सेवामुखी पेशा हो । सरकारको तर्फबाट सम्पूर्ण नर्सहरुलाई धन्यबाद दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उनीहरुको हक र पेशाका लागी नेपाल सरकार सँधै लागिपरिरहने बताउनुभयो ।

नसिङ्ग पेशा सोचेको जस्तो सजिलो नभएको र सरकारको तर्फबाट समेत नर्सका मागहरुलाई ध्यान नदिएको नर्सहरुले गुनासो गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, लेवल वनको आईसियूको १ बिरामी बराबर १ नर्सको ब्यवस्था गर्नुपर्ने भनिएको छ । तर हाल नेपालमा १ नर्स बराबर ३ देखि ४ जना समेत लेबल वन आईुिसयूमा रहेका बिरामीलाई हेर्नुपर्ने बाद्यता छ । त्यसैले लोकसेवाबाट नर्सहरुको खाली दरबन्दी पूर्ति गर्न सरकारको बिशेष ध्यान जानुपर्ने नेपाल नर्सिङ्ग संघकी अध्यक्ष तारा पोखरेलले बताउनुभयो ।

सो अवसरमा नर्सिङ क्षेत्रमा राम्रो र उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्