Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल मेडिसिटीले बिरामी र नर्सहरुको सुरक्षामा काम गर्ने



ललितपुर भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागततथा वृद्धिविकासका लागि सुरक्षाका कार्यक्रमको घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सम्पूर्ण कर्मचारीहरुको सुरक्षामा विशेष ध्यानदिएको बताउनुभयो ।

अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो सहित नर्सहरुको टोलीले नेपाल मेडिसिटी अस्पताल देखि पाटन दरबार स्क्वायर सम्म “नर्सहरुको आवाज सबैका लागि स्वास्थ्य” भन्ने नाराका साथ ¥याली निकालिएको थियो ।

पाटन दरबार स्क्वायरमा नर्सहरुले संक्रमण र हातधुने तरीकाबारे नाटक समेत प्रस्तुत गरेका थिए ।

अस्पतालमा भएको औपचारिक कार्यक्रममा अस्पतालका अध्यक्षले डा. महतोले नर्सहरुले सत् विचार र सत् कर्ममा ध्यानदिई विरामीहरुको सेवामा लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका ओटी, गाईनो तथा इमरजेन्सीका नर्सहरुले विभिन्नगितहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

नेपाल मेडिसिटी अस्पतालमा साताब्यापी कार्यक्रमहरुका क्रममा अन्तर हाजिरी जवाफ प्रतियोगिता सहित कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्