Logo
|
Wednesday 24th April 2024
Logo

epaper

रेटिनोब्लाष्टोमाको उपचारमा ४ लाख रुपियाँ सहयोग, भक्तपुर क्यान्सर हस्पिटलले भुक्तानी पाएन १० करोड रुपियाँ



रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) भएका बालबालिकाहरुको सहयोगका लागि नेपाल अर्वुद रोग निवारण संस्थाले चार लाख रुपियाँ सहयोग गरेको छ । विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ‘इश्वर’ ले तिलगंगा आँखा उपचार केन्द्रकी प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । यो नेपाल अर्बुद रोग निवारण संस्थाको सक्रियतामा स्थापित ओपन आई ग्लोबलबाट प्राप्त भएको रकम हो । सो रकमबाट प्रत्येक वर्ष ४० जना असहाय र गरिब बालबालिको उपचारका लागि सहयोग पुग्नेछ । यसलाई आगामी वर्षहरुमा पनि निरन्तार दिने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच स्वास्थ्य करकोषबाट प्राप्त गर्ने रकम भक्तपुर क्यान्सर हस्पिटल र अर्वुद रोग निवारण संस्थाले विगत एक वर्षदेखि प्राप्त गरेका छैनन् । स्वास्थ्य करकोषको बैठक बस्न नसकेका कारण सो रकम प्राप्त गर्न नसकेको अध्यक्ष श्रेष्ठको गुनासो छ । उहाँले स्वास्थ्यसचिव डा. पुष्पा चौधरीसमक्ष चाँडो बैठक बसी रकम बाँडफाड गर्न आग्रह गर्नुभयो ।
यसैगरी बिपन्न नागरिकलाई सरकारले क्यान्सर उपचारमा उपलब्ध गराउँदै आएको एक लाख रुपियाँ अपुग भएको बताउँदै सो रकम पनि विगत सात आठ महिनादेखि निकासा नभएका कारण करिब १० करोड रुपियाँ अस्पताललाई भुक्तानी नभएको अध्यक्ष श्रेष्ठले जनस्वास्थ्य सरोकारलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्