Logo
|
Wednesday 24th April 2024
Logo

epaper

महिलाको रोजाइमा नर्सिङ



 

  विरामीको उपचारमा दिनरात खटिनुपर्ने नर्सिङ पेशामा महिलाको आकर्षण बढ्दो छ । मुलुक भित्रका स्वास्थ्य संस्था र विदेशमा समेत काम पाइने आशाले यो पेशामा लाग्न चाहने संख्यामा कमी नआएको हो ।

अब भने सरकारी स्वास्थ्य नीतिका कारणले नर्सिङ अध्ययनमा जति आकर्षण बढेको छ त्यति नै बेराजगार बन्नु पर्ने अवस्था आउलाकि भन्ने चिन्ता थपिएको नर्सले बताएका छन् । विरामी उपचारमा कुनै पनि अस्पतालमा भर्ना भएदेखि डिस्चार्ज भएसम्म नर्सको भूमिका रहन्छ । तर नर्सिङ पेशा दिन दिनै धरापमा परेको उनीहरूको भनाइ छ ।

नेपाल नर्सिंङ संघ धरान इकाइद्वारा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिसवको अवसरमा आफ्नो पेशाबारे खुलेर विभिन्न धारणासहित सरकारले गर्नु पर्ने विषयमा राय राख्दै चिन्ता व्यक्त गरे । संघका केन्द्रीय उपाध्यक्ष प्रतिष्ठानको कम्युनिटी हेल्थ नर्सिङ विभागकी प्राध्यापक डा तारा साहले भनिन्, ‘राज्यका निति निर्माण र योजनातर्जुमा तहमा प्राय सवै विषय र क्षेत्रका प्रतिनिधिहरू पुर्‍याएको छ तर नर्सिङ पेशाको हितमा काम गरिरहेका कसैलाई पनि न कुनै निति नै बनाएको छ न नर्सलाई सरकारले निति निर्माणतहमा नै पुर्‍याएको छ ।’

नर्सको प्रेरणको श्रोत फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्वभर नर्सिङ दिवस मनाइरहेको बेला विरामी उपचारमा महत्वपूर्ण भूमिका खेल्ने नर्सको शसक्तीकरण गर्न सरकारले कुनै ध्यान दिन नसकेको पनि डा साहले बताइन् । संघको तथ्याङमा हाल नेपालमा ८५ हजार नर्सले नर्सिङ काउन्सिलमा दर्ता गरेका छन् ।

ती मध्ये एक चौथाइ हाल बेरोजगार, कुनै पनि निजी नर्सिङ होम, क्लिनिक वा निजि अस्पतालमा मासिक ४ हजार रुपैयादेखि ६ हजार रुपैयाँमा वा निःशुल्क ८ देखि १२ घण्टासम्म स्वयम्सेवीको रुपमा काम गर्न बाध्य भएका छन् । उनले भनिन्, ‘सेवामूलक भए पनि यो प्राविधिक शिक्षा ज्ञान र शीप भएकाले बेरोजगार भइन्न, सर्टिफिकेट र अनुभव भए विदेशमा पनि यही पेशामा काम गर्न सकिन्छ भन्ने सोचले नर्सिङ अध्ययन आकर्षणको केन्द्र बनेको छ । तर नेपालमा स्पस्ट नीति नभएकाले हाल ३५ हजार नर्स विदेशमा काम गरिरहेका छन् । जबकि नेपालकै अस्पतालमा दरबन्दीअनुसार नर्सको अभाव छ ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्