Logo
|
Thursday 28th March 2024
Logo

epaper

चितवनको दुई कलेजलाई कलेजो प्रत्यारोपण अनुमति



 

उपत्यका बाहिरको दूई निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपणका लागि अनुमति पाएका छन् । चितवनस्थित चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सले सो अनुमति प्राप्त गरेको हो । दुवै कलेजको स्वास्थ्य सेवा अनुगमन र पूर्वाधार हेरेर सो अनुमति दिएको विभागका महानिर्देशक डा. गुणराज लोहनीले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले दुवै कलेजलाई सर्तसहित पत्र दिँदै प्रत्यारोपणका लागि अनुमति दिएको हो । अनुमति पाएपछि चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. हरिषचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी अगाडि बढाइएको र छ्ट्टिै नै प्रत्यारोपणमा जाने बताउनुभयो ।
यसअघि दुवै मेडिकल कलेजले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाइसकेका छन् । यी दुई मेडिकल कलेज र अन्य दुई अस्पतालले कलेजो प्रत्यारोपणका लागि अनुमति पाएका छन् । नेपालमा कलेजो प्रत्यारोपणका लागि अनुमति पाउने अस्पतालको संख्या ४ पुगेको छ । कलेजो प्रत्यारोपणका लागि अनुमति पाउने सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस्