Logo
|
Thursday 28th March 2024
Logo

epaper

मेवा कसले खाने कसले नखाने ?



 

हामी मौसम अनुसार विभिन्न बिशेषता बोकेका फलफूल सेवन गछौ । गर्मी मौसममा शितलता प्रदान गर्ने र जाडोमा समय अनुकुल मिल्ने फलफूल सेवन गर्ने गर्दछौ । यस्ता फलफुलले मानिसको शरिरीरमा फाइदा गर्नुका साथै विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछन् । ती फलफूलहरु मध्ये मेवा एक गुणकारी फल हो ।
सामान्यतया मेवा भिटामीन ‘ए’ र ‘सी’ को खानीको रुपमा परिचित छ । जसको सेवनले शरीरमा धेरै फाइदाहरु हुने गर्छ । त्यसैल मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ ।
मेवाका फाइदाहरु
आँखाको लागि उपयोगी – मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइन्छ जसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ ।
रोग प्रतिरोधक क्षमता बढाउने – मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ ।
क्यान्सरको प्रतिरोध – मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । जसले गर्दा क्यान्सरको सम्भाबना कम हुन्छ ।
कोलस्ट्रोल घटाउँछ – मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्दछ ।
तौल घटाउन मद्दत गर्छ – शरिरको तौल बढेर हैरान भएका व्यक्तिहरुका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्दछ । यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्दछ ।
मधुमेह रोगीलाई फाइदा – मेवामा सुगरको मात्रा अति न्यून हुन्छ । मेवा सेवन गर्दा गुलियोको तिर्सना मेटिन्छ । मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी फल मानिन्छ ।
पाचन शक्ति बलियो – मेवाको नियमित सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।

गर्भवती महिला

गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ । जसका कारण गर्भपतन हुने खतरा बढि हुन्छ ।

स्तनपान गराउँने महिला

बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । जसका कारण बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।

एलर्जी

क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले सो रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

ब्लड प्रेसर

मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवन खतरनाक हुनसक्छ । प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।

मृगौलामा पत्थरी

अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पत्थरी गराउँछ । मेवामा उच्च मात्रामा भिटामिन सी हुन्छ । मेवाको अत्याधिक सेवनले पत्थरीको समस्या निम्त्याउँन सक्छ ।

झाडापखलामा

पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।

मुटु रोग

मुटुसँग सम्बन्धित समस्या भएका औषधि सेवन गरिरहेका बिरामी मेवाको सेवनबाट टाढा रहनुपर्छ ।

घाँटीको समस्या

एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँनसक्छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्