Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रहरीले उजुरी नलिँदा पीडितले शव बुझेनन्



प्रहरीले उजुरी नलिँदा पीडितले शव बुझेनन्

 फरक समूहको रगत चढाउँदा ज्यान गुमाएकी बालिका आकृति साहको बारेमा उजुरी दर्ता गर्न प्रहरीले आलटाल गरेपछि पीडितले शव बुझ्न अस्वीकार गरेका छन्। उपचारमा लापरवाही भएको जनाउँदै उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सरकारी वकिल कार्यालय र  जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत आलटाल गरेको आफन्त  सुरेन्द्र साहले बताए।

गत बैशाख १७ गते शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मुटुको शल्यक्रिया गर्ने क्रममा फरक समुहको रगत चढाउँदा आकृतिको ज्यान गएको थियो। मेडिकल रिपोर्टमा बालिकाको रक्तसमुह ‘ओ पोजेटिभ’ उल्लेख छ। शल्यक्रियाका बेला चढाइएको रक्तसमुह भने ‘ए पोजेटिभ’ लेखिएको छ।

बालिकाको ज्यान गएपछि हृदय रोग केन्द्र रिपोर्ट फेरबदल गरी घटना ढाकछोप गर्न लागेको पीडित पक्षको दावी छ। शल्यक्रियामा संलग्न चिकित्सकमाथी लापरवाही गरेको शंका लागेर उजुरी दिन जाँदा दर्ता गर्न नमानेको पीडितका आफन्त साहले बताए। उनले भने – ‘डाक्टरको पहुँच माथिसम्म भएकोले उजुरी दर्ता गर्न अप्ठेरो भएको अनौपचारिकरुपमा भनेका छन्।’

पाँच वर्षीया आकृतिको शव त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ। पीडितपक्षको हस्ताक्षर बिनानै गंगालाल हृदय केन्द्रले प्रहरी बोलाई पोष्टमार्टमका लागि जबरजस्ती लगेको साहले  दावी छ। बालिको मृत्यु बारे नेपाल मेडिकल काउन्सिल र गंगालाल हृदयरोग केन्द्रले छुट्टाछुट्टै छानविन गरिरहेको जनाएका छन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्